9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ १७ वटा नागरिक संवादसहित २८ जिल्लामा कार्यक्रम

१७ वटा नागरिक संवादसहित २८ जिल्लामा कार्यक्रम

2024-12-11 15:22:11

-७६ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा (१० डिसेम्बर) मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ मंसिर २५ गते काठमाण्डौमा “बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा” विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री गगन थापा हुनुहुन्थ्यो । शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गगन थापा, कानूनविद काशीराज दाहाल, नेपाल चिकित्सक संघका पूर्व सभापति डा. केदारनरसिंह के.सी, लेखक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम, शान्ति समाजका पूर्व सभापतिहरु  होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, पूर्व सभापति एवं सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी “बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा” विषयक शान्ति समाजले तयार गरेको तीन पृष्ठको अवधारणापत्र वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले र मानव अधिकार सम्बन्धी पृष्ठभूमिपत्र केन्द्रीय सदस्य दिवाकर पुडासैनीले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष किरण ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो । 

७६ औँ मानव अधिकार दिवसका अवसरमा शान्ति समाजका मुगु, इलाम, गुल्मी, गोरखा, रुपन्देही, दाङ, काठमाण्डौ, नवलपरासी पश्चिम, सुर्खेत, पाल्पा, अछाम, नवलपुर, तेह्रथुम, झापा, महोत्तरी, कपिलवस्तु शाखाले २०८१ मंसिर २५ गते १६ वटा शाखाद्वारा “बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा” विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक समाज, नागरिक समाज र सञ्चारमाध्यमहरुको सहभागितामा सम्पन्न कार्यक्रममा शान्ति समाजद्वारा तयार गरिएको तीन पृष्ठको अवधारणापत्र प्रस्तुत गरिएको थियो । यससँगै देशव्यापी रुपमा एउटा नयाँ बहसको थालनी पनि भएको छ । 

यसैगरी मानव अधिकार दिवसकै अवसरमा शान्ति समाजका चितवन, सल्यान, बाँके, नुवाकोट, पर्सा, सुनसरी, संखुवासभा, रसुवा र बारा शाखाले दीप प्रज्वलन÷प्रदर्शन कार्यक्रम गरेका छन्, बागलुङ शाखाले फलफुल वितरण गरेको छ । म्याग्दी र कास्की शाखाले अन्य संस्थासँग संयुक्त रुपमा कार्यक्रम आयोजना गरि मानव अधिकार दिवस मनाएका छन् । 

-भ्रष्टाचार विरुद्ध दिवस ९ डिसेम्बर मसिर २४ गते शान्ति समाजका काठमाण्डौ, रुपन्देही, दाङ, सुर्खेत, चितवन, तेह्रथुम, सल्यान र अछाम शाखाद्वारा प्रदर्शन सम्पन्न भएको छ  ।

-स्वयंसेवक दिवस ५ डिसेम्बरमा शान्ति समाजका काठमाण्डौ, रुपन्देही, दाङ, सुर्खेत, चितवन, महोत्तरी, पाल्पा, तेह्रथुम  र मुगु गरि ९ जिल्लामा कार्यक्रम सम्पन्न ।

-अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ३ का दिन  शान्ति समाजका काठमाण्डौ, रुपन्देही, दाङ, पाल्पा, सुर्खेत, नवलपुर, मुगु र कपिलवस्तु गरि ८ वटा शाखाद्वारा विभिन्न कार्यक्रम सम्पन्न । 


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links