म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध विरुद्ध राष्ट्रसंघ नेपाल कार्यालय अगाडि प्रदर्शन
म्यानमारमा जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई  रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित २०७७ चैत १७ गते मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
यू एन हाउस पुल्चोक अगाडि दिउँसो भएको प्रदर्शनमा, म्यानमारमा भइरहेको हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई र म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो ।
प्रदर्शनमा म्यानमार ः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एंन्टोनियो गुटेरेशलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालय मार्फत बुझाइएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतम, सहित ५५ भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ चैत १७ गते

 

जातिय विभेदको जड दण्डहीनता : शान्ति समाजद्वारा प्रदर्शनसहित कार्यक्रम

प्रेस विज्ञप्ति
जातिय विभेदको जड दण्डहीनता : शान्ति समाजद्वारा प्रदर्शनसहित कार्यक्रम
अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चका दिन मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले जातीय विभेदको जड दण्डहीनता भएकोले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप चैत ८ गते काठमाण्डौ बौद्धमा प्रदर्शन गरेको छ । दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातिय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौँ मानव अधिकार रक्षा गरौ लगायतका प्लेकार्डसहित गरिएको प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल, कुमारराज सुवेदी, नानीकाजी गिरी र ईश्वर पुडासैनीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशिल सहयात्री समाज वुटवलद्वारा चैत ८ गते वुटवलमा आयोजित विभेद कहिलेसम्म? विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले स्थानीय निकायहरुलाई जबाफदेही बनाउन प्रभावकारी तवरले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक न्यायको प्रत्याभुतिका लागि शान्ति समाजले स्थापना कालदेखिनै दलित अधिकार मानव अधिकार भन्दै अभियानरत रहेको चर्चा गर्नुभएको थियो । अधिकारकर्मी कमला विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, राजनीतिकर्मीहरु गंगा शाही, देवी घले, पत्रकार विरु गौतम, अभियन्ताहरु हरिओम विक, सरस्वती परियार, सीता रोकाया, लोकबहादुर नेपाली, नरबहादुर सुनार, डिपी खनाल लगायत वक्ताहरुले जातिय विभेद र दण्डहीनताको विरुद्ध केन्द्रीत रहि धारणा राख्नुभएको थियो ।
यसैगरी जातीय विभेद उन्मुलन दिवसकै सन्दर्भमा चैत ८ गते मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा सबै मिलि जातीय छुवाछूत अन्त्य गरौ भन्ने विषयमा केन्द्रीत रहि आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली जनप्रतिनिधि युवा करारा, राजनीतिकर्मीहरु जोगेन्द्र विश्वकर्मा, सर्जन परियार, राधिका परियार, शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली, समाजसेवीहरु बिमल रिजाल, टोपबहादुर घर्ती, अधिकारकर्मीहरु सुष्मा गिरी, देवा डाँगी, पत्रकार गोपाल भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मुलनका लागि अन्तराष्ट्रिय दिवस मनाइन्छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ चैत ८

सैनिक शासन चाहिदैँन मान्छे मार्न पाइदैँन भन्दै म्यानमार दुतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

प्रेस विज्ञप्ति
सैनिक शासन चाहिदैँन मान्छे मार्न पाइदैँन भन्दै म्यानमार दुतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन
म्यानमार (बर्मा)मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमन विरुद्ध, राजनितिक बन्दिको विना सर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालिको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २०७७ चैत २ गते नेपालस्थित म्यानमार दुतावास अगाडि प्रदर्शन गरेको छ । ललितपुर भैसेपाटीस्थित म्यानमार दुतावास अगाडि दिउँसो भएको प्रदर्शनमा म्यानमार ः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि चैत २ गते शान्ति समाजका शाखाहरुले बर्मामा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीका लागि आग्रहसहित प्रदर्शन गरेका छन् भने दाङसहित १ दर्जन बढी शाखाहरुले प्रदर्शन गर्दैछन् ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ चैत २

शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल

प्रेस विज्ञप्ति
शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ भने उपसभापतिमा पाल्पाका कृष्ण रावल, महासचिवमा काठमाण्डौका रामकृष्ण बराल, कोषाध्यक्षमा काठमाण्डौका जगन्नाथ पुडासैनी, प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरी आचार्य, गण्डकी प्रदेश सचिवमा धिरज थापा, लुम्बिनि प्रदेश सचिवमा मिना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी÷जनजाती रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिहं, सचिव दलितमा निर्मल नेपाली, सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी ४ जना महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जरा र सरस्वती ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदस्य खुलातर्फ ६ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जरा, माधव गौतम, विष्णु भुसाल, सन्तोष रौनियार, दिलबहादुर कार्की, निर्वाचित हुनुभएको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ फागुन २२

शान्ति समाजको तेइसौँ राष्ट्रिय परिषद् बैठक पोखरामा प्रारम्भ

प्रेस विज्ञप्ति
शान्ति समाजको तेइसौँ राष्ट्रिय परिषद् बैठक पोखरामा प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक फागुन २१ गते पोखरामा प्रारम्भ भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिषद् बैठकको उद्घाटन गर्दै लोकतन्त्रमा ठालुतन्त्र हावी भएका कारण बारम्बार संकट आउने गरेको बताउनु भयो । संकटका अनेकौं घडिमा शान्ति समाजले प्रशंसनीय भूमीका निर्वाह गरेको पनि पौडेलले बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले स्रष्टा रामबाबु दाहालद्वारा लिखित कविता संग्रह मनका स्वरहरुको लोकार्पण पनि गर्नुभएको थियो ।
उद्घाटन सत्रमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कुशासन नै लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताउँदै स्वेच्छाचारीताका कारण स्वतन्त्रता खुम्चिदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, पूर्व मन्त्री यज्ञबहादुुर थापा, जनता समाजबादी पार्टी केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार रामरिझन यादव, कवि अर्जुन पराजुली, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कंडेल, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, सामाजिक अभियन्ता लक्की क्षेत्री, कास्की शाखा सभापति अमृत सुवर्णकार, शाखा उपसभापति तिर्थराज न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कवि बिर्सना बस्नेत थापाले गजल बाचन गर्नुभएको थियो ।
कार्यक्रममा शान्ति समाजको रुपन्देही, र काठमाण्डौ शाखालाई उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथेय गर्ने दाङ शाखालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी फागुन २१ गते दिउँसो पोखरामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने राष्ट्रिय परिषद्को पूर्वसन्ध्यामा फागुन २० गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यसैबीच कास्की स्थित सिर्जना चौक वरपर सफाई गरिएको थियो । साथै बिभिन्न ५ वटा .विद्यालयमा शान्ति हाम्रो अधिकार र लागू औषध दूब्र्यशन बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
२३ औ रा.प.बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि ३ सयको सहभागिता रहेको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ फागुन २१

म्यानमारमा भएको सैनिक कु को निन्दा/बन्दी राजनीतिज्ञहरुको रिहाइको माग

प्रेस विज्ञप्ति
म्यानमारमा भएको सैनिक कु को निन्दा/बन्दी राजनीतिज्ञहरुको रिहाइको माग
मानव अधिकार तथा शान्ति समाजले माघ १९ गते म्यानमार (बर्मा)मा भएको सैनिक कु र राजनीतिज्ञको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग गरेको छ । २०७७ माघ २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ ।
बैठकले कोभिड १९ कहरका कारण झण्डै १ बर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भएतापनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वाससहित कोभिड १९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको हुँदा सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २० जिल्लामा गोष्ठीहरु सम्पन्न भइसकेका छन् ।
“असंवैधानिक तवरमा प्रतिनिधिसभा विघटन : लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित शान्ति समाजको २३ औ राष्ट्रिय परिषद् बैठक २०७७ फागुन २१ र २२ मा कास्की शाखाको आतिथेयमा पोखरामा आयोजना हुन गइरहेको सन्दर्भमा कास्की शाखा सभापति अमृत सुवर्णकारको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन भइसकेको छ । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्यहरु र कास्की शाखाका पदाधिकारीहरुसहित ४० जनाको सहभागिता रहेको थियो ।
समाजका तर्फबाटसुशील बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति
मिति : २०७७ माघ २२

राज्य संयन्त्रको दुरुपयोग विरुद्ध बालुवाटारमा प्रदर्शन/२६ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति
राज्य संयन्त्रको दुरुपयोग विरुद्ध बालुवाटारमा प्रदर्शन/२६ अधिकारकर्मी गिरफ्तार
ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री÷मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले माघ १२ गते दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गररेको छ ।
विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली ः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ माघ १२

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान/पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति

प्रेस विज्ञप्ति
शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान/पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति
‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकाहरु प्रत्येकलाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने छ र यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहने छ ।
यस वर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई रु. १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिने छ । पाँच वर्षसम्म निजहरुलाई प्रत्येक वर्ष प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ । यसैगरी शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद घिमिरे, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, समाजको मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्व सभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणीराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा पहिलो चरणमा प्रक्षेपित पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजारको सहयोगको प्रतिवद्धता व्यक्त गर्ने सबैमा शान्ति समाज हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ ।
सहयोगी हातहरु थपिदै गएमा छात्रवृत्ति संख्या पनि वृद्धि गर्दै यो अभियान अन्य जिल्लाहरुमा समेत विस्तार गरिने छ ।
समाजका तर्फबाट
सुशील बस्नेत, महासचिव
मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति : २०७७ माघ ६

प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण

प्रेस विज्ञप्ति
प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण
१. असंवैधानिक एवं स्वेच्छाचारी तवरमा प्रतिनिधिसभाको विघटन विरुद्ध मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा विभिन्न जिल्लामा प्रदर्शनको क्रम निरन्तर छ । यस क्रममा रुपन्देही, दाङ, गोरखा, बाँके, तेह्रथुम, नवलपरासी सुस्ता पश्चिम, महोत्तरी, अछाम, सुनसरी, मोरङ, काभ्रे, कपिलवस्तु, काठमाण्डौ, नुवाकोट, नवलपुर र पाल्पा गरी १६ जिल्लामा विरोध प्रदर्शन भइसकेको छ भने पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजले प्रदर्शन गरेको थियो ।
२.मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक “असंवैधानिक तवरमा प्रतिनिधिसभाको विघटन ः लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित २०७७ फागुन २१–२२ गते पोखरामा आयोजना हुने भएको छ । समाजको कास्की शाखाको आतिथेयमा सम्पन्न हुने राष्ट्रिय परिषद् बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २०० भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहने छ । परिषद् बैठकका दौरान समाजको केन्द्रीय कार्यसमितिका २७ पदका लागि निर्वाचन पनि हुन गइरहेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता महेन्द्र पाण्डेलाई नियुक्त गरिएको छ । प्राध्यापक पाण्डे उच्च अदालत बार एसोसिएसन बुटवल का पुर्ब अध्यक्ष , ट्रान्स्परेन्सी इन्टरनेसनल नेपाल आबद्ध पारदर्शी सरोकार समूह रुपन्देही को अध्यक्ष र डेमोक्रेटिक लयर्स एसोसिएसन रुपन्देही को अध्यक्ष हुनुहुन्छ ।
३. मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा न. ७ का जेष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल बितरण गरिएको छ । २०७७ पौष २९ गते आयोजित कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाजले गर्दै आएको सेवामुखी कार्यको निरन्तरता स्वरुप भविष्यमा दलित विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने सोच रहेको बताउनुभयो । मोरङ शाखा उपसभापति निर्मला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, पर्सा शाखा सभापति अमर गौतम अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे लगायत जनप्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजका तर्फबाट
सुशिल बस्नेत, महासचिव,
मानव अधिकार तथा शान्ति समाज,
मिति : २९ पुस २०७७

‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई

प्रेस विज्ञप्ति
‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई/लक्ष्मी प्रतिष्ठानलाई पोखरेलद्वारा दुई लाख २० हजार सहयोग
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक श्री भोजराज पोखरेललाई प्रदान गरिएको छ । पौष २२ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु. १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । यसैगरी ८ वटा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।
पुरस्कार÷सम्मान ग्रहण पश्चात कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहदाँ होस वा निजी जीवन निर्वाहको क्रममा, बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिडाउने भूमिकामा केन्द्रीत रहेको बताउँदै आफू जस्ता कैयौ युवाको बद्री पहाडी उत्प्रेरकको रुपमा रहेको बताउनुभयो । नेपालको वर्तमान सन्दर्भको चर्चा गर्दै पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको भन्दै अहिले अन्तराष्ट्रिय स्तरमा नेपालको शाख गिरेको बताउनुभयो ।
शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व पोखरेलबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु. २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
श्री पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गर्नुभएको थियो ।
सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०÷११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले श्री पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएको थियो । युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो श्री पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो भने हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु. १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।
श्री बद्रीप्रसाद पहाडीको जन्म वि.स १९९२ चैत १ गते तत्कालिन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे (हाल संखुवासभा जिल्ला)मा भएको थियो । पिता पद्यंप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गर्नुभएको थियो भने आधा शताब्दीदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । ६० वर्ष अगाडि केही समय मादी हाईस्कुलको अवैतनिक शिक्षकको रुपमा समेत सेवा गर्नुभएका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानहरुको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यको रुपमा समेत योगदान गर्नुभएको छ । पहाडीको बर्दिया जिल्लामा भूमीसुधार नामक पुस्तक र दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहनुभएका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गर्नुभएको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ पौष २२