निलम्बित प्रधान न्यायाधीश राणा विरुद्धको महाभियोग पारित गरि अनियमिततामा कारबाई गर्न माग

प्रेस विज्ञप्ति
निलम्बित प्रधान न्यायाधीश राणा विरुद्धको महाभियोग पारित गरि अनियमिततामा कारबाई गर्न माग
मानव अधिकार तथा शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक २०७८ फागुन २७–२८ गते कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको छ ।
न्यायालय शुद्धिकरणका लागि विशेष पहल गर्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न र अनेकौ अनियमिततामा संलग्न चोलेन्द्र शम्शेरलाई आवश्यक कारबाई गर्न समेत राष्ट्रिय परिषद् बैठकले माग गरेको छ ।
राष्ट्रिय परिषद् बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ ।
एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
कपिलवस्तुको वाणगंगामा फागुन २७ गते विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो भने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले मन्तव्य गर्नुभएको थियो । फागुन २८ गते बिहान सांकेतिक तवरमा वाणगंगा नदीमा सफाई कार्यक्रमका साथै राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना गरिएको थियो ।
शान्ति समाज कपिलवस्तु शाखाको आतिथेयमा सम्पन्न राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमिति गठन गरिएको थियो भने कार्यक्रमको सम्पूर्ण खर्च आतिथेय कपिलवस्तु शाखाले स्थानीय स्तरमा संकलन गरी वहन गरेका थिए र यातायात खर्च सहभागीहरु आफैँले वहन गरेका थिए ।
समाजका तर्फबाट

गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७८ फागुन ३०

शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ

प्रेस विज्ञप्ति
शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार” भन्ने मूल आह्वानसहित २०७८ फागुन २७ गते कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको छ । विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले चार वटा मैनवत्ती प्रज्वलीत गरि राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर रहोस भन्दै उत्पीडित र उपेक्षितहरुको उत्थानमा सबै समर्पित हुनुपर्ने .धारणा व्यक्त गर्नुभयो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. देवेन्द्रराज पाण्डेले वर्ष २०७७÷७८ मा शान्ति समाजको उत्कृष्ट शाखा का रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ  राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक आतिथेय गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं पूर्व राजदुत नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी शान्ति समाजका पूर्व सभापति डा. गंगाधर अधिकारीले संक्रमणकालिन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य २४ औँ रा.प.बैठक मूल तयारी समितिका संयोजक तथा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले गर्नुभएको थियो ।
यसैगरी फागुन २६ गते राती वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा फागुन २७ गते विहान शान्ति समाज कपिलवस्तु शाखा र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको थियो  ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ फागुन २७

रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन

प्रेस विज्ञप्ति
रुसी आक्रमणका कारण महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन विरुद्ध शान्ति समाजको प्रदर्शन
अन्तराष्ट्रिय नारी दिवस ८ मार्च २०२२ मा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानव अधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।
२०७८ फागुन २४ गते रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको, हजारौ मारिएका, महिला र बालबालिकाको व्यापक मानव अधिकार उल्लंघन भएको बताउँदै मानव अधिकार उल्लंघनको यो कहालिलाग्दो सिलसिला अन्त्य गर्न तत्काल रुसले युद्ध रोक्नुपर्नेमा जोड दिनुभयो । बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा “रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा” विषयक विचार गोष्ठी सम्पन्न भएको थियो । शान्ति समाज काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न गोष्ठीमा पूर्वमन्त्री अम्बिका बस्नेत, सांसद सरिता न्यौपाने, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्ण ब. रावल, महासचिव रामकृष्ण बराल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संगिता ढुंगाना दाहालले युद्ध अन्त्यको आवाहन सहित कविता वाचन गर्नुभएको थियो ।
यसैगरी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा “रुस युक्रेन युद्ध ः महिला र बालबालिका संकटमा”बिषयक बिचार गोष्ठीमा तुलसीपुर उपमहानगरपालिकाका उप प्रमुख माया आचार्य, शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, समाजका केन्द्रिय सचिब निर्मल नेपाली, जनप्रतिनिधि तथा अधिकारकर्मीहरु साबित्रा गुरुङ, मधुमती सुनार, जानका रेग्मी, माया श्रेष्ठ, सुष्मा गिरी, पद्मा चौधरी, आशा चौधरी, देवा डाँगी र देवा बस्नेत, निर्मला डिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न भएको थियो ।
रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको देशव्यापी अभियान अन्तर्गत गत एक सातामा नवलपुर, पाल्पा, अछाम, नुवाकोट, चितवन, बाँके र नवलपरासी पश्चिममा प्रदर्शन भइसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन २४

रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाण्डौमा प्रदर्शन

प्रेस विज्ञप्ति
रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाण्डौमा प्रदर्शन
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा २०७८ फागुन १६ गते बिहान काठमाण्डौमा प्रदर्शन भएको छ ।
काठमाण्डौको बौद्धनाथ अगाडि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।
आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुस ः तत्काल युद्ध रोक, रुस ः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस ः तत्काल सैनिक फिर्ता गरि युद्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल र उमा गौतम, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पुर्व केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, दुर्गा राना (लक्ष्मी) र यदु खतिवडा, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, शाखा सचिव प्रमोद फुयाल, आजीवन सदस्यहरु रुपा गिरी, ईश्वर सापकोटा, जयराम पुडासैनी, विकास थापा, दिवाकर पुडासैनी, रोज विष्ट, रामचन्द्र पुडासैनी, सावित्री श्रेष्ठ, सानु लामा, बद्री पुडासैनी, नरेन्द्र श्रेष्ठ, श्रीराम चालिसे, सुप्रिया सापकोटा, जनप्रतिनिधिहरु काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना, सामाजिक अभियन्ताहरु लोकेश ढकाल, विवेक लामा, रामहरी श्रेष्ठ, धर्म थिङ ब्लोन, केदार भट्टराई, नवराज अधिकारी, लेक कुमारी पुडासैनी, रेखा बस्नेत, भावना ठकुरी लगायत ६० जना शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियान अन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन १६

युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्ध रोक्न आग्रह गर्दै रुसी दुतावास अगाडि प्रदर्शन
रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरुले रुस ः युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
युद्धले लाखौ करोडौ मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुदैँन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ भनिएको छ ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव बन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगर र सदस्य ईश्वरा लिङदेन, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र किरण ढकाल, पूर्व केन्द्रीय सदस्य दुर्गा राना (लक्ष्मी), काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति संजोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाण्डौ शाखा पूर्व सभापति ईश्वर पुडासैनी, काठमाण्डौ शाखा सहसचिव रमेश बराल, आजीवन सदस्यहरु तुलसीराम भण्डारी, दिवाकर पुडासैनी, आरसी भण्डारी, विकास थापा लगायत चार दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन ११

राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्ध टार्न विशेष पहलको आग्रहसहित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन
रुस–युक्रेनबिच युद्धको आशंका तिव्र हुदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
२०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोक अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरुले युद्ध टार्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शन पश्चात, रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन, काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाण्डौ शाखा पूर्व सभापति ईश्वर पुडासैनी लगायत दुई दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।
युद्ध निषेध ः शान्ति विशेष भन्ने आह्वानसहित युद्धको विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत मानव अधिकार तथा शान्ति समाजले रुस–युक्रेनबिच युद्धको कुनै पनि संभावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै माघ महिनामा रुपन्देही, काठमाण्डौ, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरिसकेको छ ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७८ फागुन ५

रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन

प्रेस विज्ञप्ति
रुस युक्रेनबिच युद्धको संभावना खारेज गर्न आग्रहसहित शान्ति समाजद्वारा प्रदर्शन
रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रुपन्देही जिल्लास्थित बुटवलको चौराहामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कुटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ,, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
बिहान ११ बजेदेखी आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरुको सहभागिता थियो ।
समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ माघ २०

२४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा/चार जना केन्द्रीय सदस्यको राजिनामा स्विकृत

प्रेस विज्ञप्ति
२४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा/चार जना केन्द्रीय सदस्यको राजिनामा स्विकृत
१. मानव अधिकार तथा शान्ति समाजको २४ औँै राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) २०७८ माघ २१ र २२ गते शान्ति समाज कपिलवस्तु शाखाको आतिथेयमा जितपुर ४ नम्बरमा आयोजना हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार भन्ने मूल आह्वानसहित सम्पन्न हुन गइरहेको राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अंग हो ।
२. २०७८ पुस २२ गते सम्पन्न मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक (भर्चुअल) ले शान्ति समाजका चार जना केन्द्रीय सदस्यहरुले शान्ति समाज केन्द्रीय कार्यसमितिको सदस्य पदबाट राजिनामा दिएको सम्बन्धमा, उहाँहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजिनामा स्विकृत गरेको छ । दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिवद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण (हालै सम्पन्न राजनीतिक दलको निर्वाचन प्रक्रियामा उम्मेदवारी ) जनाई राजिनामा दिनुभएको हो । शान्ति समाजको ३३ सदस्सीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहनुभएको छ ।

समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति
मिति ः २०७८ पुस २३

३७ बालिकालाई शान्ति समाजद्वारा रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति
३७ बालिकालाई शान्ति समाजद्वारा रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ जना ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङ जिल्लाको थलाहामा पुस १३ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का आठ जना गरि ३७ जना बालिकालाई वर्ष २०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
‘छोरी पढाऔ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेल यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने छ । मोरङको थलाहास्थित श्री जनता मा.वि.मा २०७८ पुस १३ गते आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानबारे प्रकाश पार्दै यो अभियानले आर्थिक÷सामाजिक रुपमा पछि परेकाहरुको उत्थानमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति समाज मोरङ शाखाका सभापति भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वास, जनता मा.वि.सञ्चालक समितिका अध्यक्ष बम राई, शान्ति समाजका केन्द्रीय सदस्य सुदीप रिजाल, मोरङ शाखा सचिव अशोक लामा, समाजसेवीहरु रामबाबु दाहाल, राजेन्द्र खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नु भएको छ ।
यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजार सहयोग गर्नुहुने छ ।
समाजका तर्फबाट
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७८ पुस १३

अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
अनैतिक प्रधानन्यायाधीश जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन
७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस–१० डिसेम्बरका दिन २०७८ मङ्सिर २४ गते मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै काठमाण्डौमा धर्ना प्रदर्शन सम्पन्न भएको छ । मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहिरहनु आपत्तिजनक भएको हुँदा प्रधान न्यायाधीश जबराले शिघ्र राजिनामा दिनुपर्ने, राजिनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।
धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धिकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताउनुभयो ।
समाजका सल्लाहकार एवं पूर्व सभापति उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायीक विचलन आदीका कारण न्याय क्षेत्र प्रदुषित भएको भन्दै न्यायालय शुद्धिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।
धर्ना प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।
यसैगरी मानव अधिकार दिवसकै दिन मंसिर २४ गते अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा÷बहिर्गमनको माग गर्दै शान्ति समाजका चितवन, दाङ, संखुवासभा, महोत्तरी, रुपन्देही, नवलपुर, तेह्रथुम लगायत शाखाहरुले प्रदर्शन गरेका छन् भने शान्ति समाज जिल्ला शाखाको आयोजनामा थप ५ जिल्लामा मंसिर २४ गते अपरान्ह् प्रदर्शन हुदैँछ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ मङ्सिर २४