Human Rights & Peace
Society
प्रेस विज्ञप्ति
बाल अधिकार दिवसमा अन्तरक्रिया कार्यक्रम
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (२० नोभेम्वर)का अवसरमा मानव अधिकार तथा शान्ति
समाज र विभिन्न विद्यालयहरुको संयुक्त आयोजनामा नया“ संविधान र वाल अधिकार विषयक
अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रमहरुमा मानव अधिकार तथा शान्ति
समाजका तर्फबाट तयार पारिएको बाल अधिकार सुनौलो भविष्यको आधार अवधारणपत्र प्रस्तुत
गरिएको थियो ।
युनाइटेड स्कलर्स एकेडेमी, कलंकी काठमाडांैमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय
सभापति होमकान्त चौलागाई प्रमुख वक्ता हुनुहुन्थ्यो । कार्यक्रममा समाजका महासचिव
गङ्गाधर अधिकारी, युवा संयोजक प्रताप पौडेलले नयाँ संविधानमा बाल अधिकारको
सुनिश्चितताका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरु प्रीया
बास्कोटा, सृष्टी पौडेल, असिम कँडेल लगाएतले नयाँ संविधन र बाल अधिकारका बारेमा
विभिन्न जिज्ञासा राखेका थिए । शान्ति समाजद्वारा तयार पारिएको अवधारणापत्र रजनी
श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक लाल
बहादुर थापाले स्वागत गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक नवीन भावुकले
कार्यक्रम संचालन गर्नुभएको थियो ।
त्यसैगरी जोसेफ हाइस्कुलमा समाजका सभापति होमकान्त चौलागाई, महासचिव गङ्गाधर अधिकारी,
सचिव कुमारराज सुवेदी, युवा संयोजक प्रताप पौडेल, पशुपति बहुमुखि क्याम्पसका स्ववियू
उप सभापति इन्द्र भुसाल, विद्यालयका प्रधानाध्यापक दिपक अधिकारी, शिक्षिका यशोदा
वरालले नयाँ संविधान र बाल अधिकारका बारेमा आ–आफ्नो विचार राख्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरु नानु श्रेष्ठ, रचना भण्डारी, विवश खनालले
वाल अधिकारका बारेमा विविध प्रश्नहरु राख्नु भएको थियो ।
यसै सन्दर्भमा समाजका जिल्ला शाखाहरुले पनि सोही विषयमा केन्द्रीत रही विभिन्न
कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
इस्वी सन् १९८९ को नोभेम्वर २० का दिन संयुक्त राष्ट्रसंघ महासभाले
बालअधिकारसम्बन्धी महासन्धि जारी गरेको थियो । यसैगरी सन् २००० को मे २५ का दिन
संयुक्त राष्ट्रसंघ महासभाले बालअधिकारका थप २ वटा उपलेख जारी गरेको थियो । ती
उपलेखहरु सशस्त्र द्वन्द्वमा बालबालिकाको संलग्नताका सम्बन्धमा व्यवस्था भएको
स्वेच्छिक उपलेख र बालबालिकाको वेचविखन, बाल वेश्यावृत्ति तथा बाल अश्लील चित्रण
सम्बन्धमा व्यवस्था भएका स्वेच्छिक उपलेख छन् । नेपालले यी ३ वटै महासन्धिहरुलाई
अनुमोदन गरिसकेको छ । मानव अधिकार तथा शान्ति समाजले ‘विद्यालय शान्ति क्षेत्र’
घोषणा हुनुपर्ने लगायत ‘नयाँ बन्ने संविधानमा बाल अधिकारको प्रत्याभूति हुनुपर्ने’
मा जोड् दिदै आएको छ ।
समाजका तर्फबाट
गङ्गाधर अधिकारी
महासचिव
२०६८ मङ्सिर ५
प्रेस विज्ञप्ति
सहमति सकारात्मक
वि.सं २०६८ साल कार्तिक १५ गते प्रमुख राजनीतिक दलहरु एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि जनाइएको सातबुँदे राजनीतिक प्रतिवद्धता सकारात्मक रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । विगतमा भएका कैयन महत्वपूर्ण सहमतिहरु कार्यान्वयन नभएको दुःखद स्थिति फेरि नदोहो¥याउन सम्बद्ध सबै पक्षलाई आग्रह गर्दै यो सहमति कार्यान्वयन गरी शान्ति प्रक्रियालाई पूर्णता दिन र संविधान निर्माणको कार्यमा भरोसा जगाउँन समेत शान्ति समाज आग्रह गर्दछ । साथै यो सहमतिको कुनै प्रावधानलाई टेकेर वा यो सहमतिको आडमा विगतका मानव अधिकार उल्लंघनकर्तालाई उन्मुक्ति दिन नहुने तर्फ पनि शान्ति समाज सम्बद्ध सबै पक्षहरुको ध्यानाकर्षण गराउँदछ ।
होमकान्त चौलागाई
सभापति
२०६८ कार्तिक १६
प्रेश विज्ञप्ति
समाजको चौधांै राष्ट्रिय परिषद् बैठक रुपन्देहीको बुटवलमा
शान्ति, अहिंसा, लोकतन्त्र र मानव अधिकारका लागि विगत १६ वर्षदेखि अभियानरत् मानव अधिकार तथा शान्ति समाजको चौधांै राष्ट्रिय परिषद् बैठक हाम्रो अभियानः शान्ति, संविधान, मानव अधिकार र सुशासन भन्ने मुल नाराका साथ यही २०६८ कार्तिक २६ गते रुपन्देहीको बुटवलमा सम्पन्न गर्ने निर्णय गरिएको छ । राष्ट्रिय परिषद् बैठक तयारीका लागि रुपन्देही शाखा सभापति गोविन्द खनालको संयोजकत्वमा ‘मूल तयारी समिति र विभिन्न १६ उपसमिति’ समेत गठन भएका छन् ।
चौधांै राष्ट्रिय परिषद् बैठकमा समाजका ५५ वटा शाखाबाट ३०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकहरुले भाग लिने अपेक्षा गरिएको उक्त परिषद् वैठकको उद्घाटन सत्रमा विभिन्न राजनीतिक पार्टीका नेताहरु, नागरिक समाजका विशिष्ठ व्यक्तिहरु एवम् मानव अधिकारकर्मीले मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय परिषद् बैठकको पूर्वसन्ध्यामा कार्तिक २५ गते दिउँसो बुटवलका २० वटा विद्यालयहरुमा ‘बाल अधिकारका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम’ हुनेछन् भने अपरान्ह ४ बजे शान्ति ¥याली आयोजना गरिनेछ । राष्ट्रिय परिषद् बैठकमा संविधान निर्माण एवम् शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने लगाएत समसामयिक विषयमा विभिन्न प्रस्तावहरु उपर छलफल गर्ने कार्यक्रम रहेको छ ।
समाजका तर्फबाट
गङ्गाधरअ धिकारी
महासचिव २०६८ कार्तिक १४
प्रेश विज्ञप्ति
मन्त्री साहलाई तत्काल बर्खास्त गर्नुपर्ने
२०६७ असार १२ गते वीरगंजमा काशी तिवारीको हत्या भएको घटनामा वर्तमान भुमिसुधार तथा
ब्यवस्था मन्त्री प्रभु साहको संलग्नता रहेको भन्ने चर्चा परिचर्चाबारे मानव अधिकार
तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । यसैबीच भुमिसुधार तथा ब्यवस्था
मन्त्रालयका सहसचिव नागेन्द्र झाले यस घटनाका सन्दर्भमा स्व. तिवारीका परिवारलाई रु
८,००,०००/-(आठ लाख ) दिइ प्रलोभन दिन खोजेको भन्ने पिडित परिवारको आरोप गम्भीर छ ।
यस स्थितिमा तत्काल भुमिसुधार तथा ब्यवस्था मन्त्री प्रभु साहलाई मन्त्री पदबाट
बर्खास्त गर्न र विवादास्पद सहसचिव नागेन्द्र झालाई पदबाट निलम्बन गरी यि घटनाबारे
जाँचबुझ गर्न एक उच्च स्तरिय न्यायीक आयोग गठन गरी सत्य तथ्य सार्वजनिक गर्न
प्रधानमन्त्री समक्ष आग्रह गर्दछ । साथै दोषी जोसुकै भएपनि कानुनको दायरामा ल्याई
न्याय प्रक्रिया प्रति आम जनताको भरोसालाई कायम राख्न समेत शान्ति समाज सरकारलाई
आग्रह गर्दछ ।
होमकान्त चौलागाई
सभापति
@)^* c;f]h @&
प्रेश विज्ञप्ति
संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन दलहरुलाई दबाब
मानव अधिकार तथा शान्ति समाज ‘मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा’का मूल्य र
मान्यतालाई आत्मसात गर्दै समुन्नत लोकतान्त्रिक समाजको निर्माणका लागि २०५३ साल
जेष्ठ १९ गते संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा स्थापित गैर सरकारी, गैर
राजनीतिक, लाभनिरपेक्ष अभियानमुखी स्वयंसेवी संस्था हो । देशका ६४ जिल्लामा शाखा
रहेको यस संस्थामा हाल ४०१ जना आजीवन सदस्य तथा ८५०० आवधिक सदस्य रहेका छन् ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ २०६२÷६३ को आन्दोलनमा सक्रिय अभियन्ता मध्येको
एक यो संस्था संविधानसभाको निर्वाचन सम्पन्न गराउँन पनि त्यत्तिकै क्रियाशील रहेको
स्मरण गराउँन चाहन्छांै । हाल हाम्रो अभियान संविधानसभाले समयमै मानव अधिकार सम्मत
संविधान जारी गर्नुपर्दछ भन्नेमा केन्द्रीत रहेको छ ।
संविधान सभाको मूलभूत कर्तव्य समयमै नयाँ संविधाननिर्माण गरी जारी गर्नु हो ।
सहमतीय पद्दति र सहकार्यको मार्गबाट अघि बढ्नुपर्नेमा दलीय, गुटगत तथा ब्यक्तिगत
स्वार्थमा अल्झिने प्रवृति र सत्ता केन्द्रित राजनीतिले शान्ति समाज चिन्तित छ ।
विवादित विषयमा तत्काल गम्भीर पहल गरी घोषित समयसीमाभित्र आधारभूत अधिकार सहितको
अर्थात् मानव अधिकार सम्मत संविधान जारी गर्नुपर्दछ । शान्ति सम्झौता कार्यान्वयनमा
दलहरुको पूर्ण प्रतिबद्धता र इच्छा शक्ति प्रदर्शन गर्नु जरुरी छ । पछिल्लोपटक
सम्पन्न पाँचबँुदे सहमतिबमोजिम तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गरी विगतमा
भएका सहमति कार्यान्वयनका लागि राजनीतिक दलहरु गम्भीर हुन जरुरी छ । परिवर्तनका लागि
मिलेका राजनीतिक दलहरु परिवर्तनलाई संस्थागत गर्ने सवालमा कमजोर देखिनु अत्यन्तै
दुखद हो । अहिलेपनि अपराधीहरुको राजनीतिक संरक्षण र दण्डहीनताले व्यापकता पाइरहेको
छ भने विगतमा सहमति गरिएका शान्ति प्रक्रियासँग सम्बन्धित आयोगहरुको गठनमा देखिएको
उदासिनता अत्यन्तै चिन्ताको विषय भएको छ । अतः संविधान निर्माण एवम् शान्ति
प्रक्रिया निष्कर्षमा पु¥याउन तत्काल पहल गर्न शान्ति समाज निम्न विषयहरुप्रति
राजनीतिकदलहरूको गम्भीर ध्यानाकर्षण गराउँदै दलहरुलाई दवाव दिने उद्देश्यले
निम्नानुसार धर्ना कार्यक्रम गर्ने र दलहरूका अध्यक्ष तथा सभापतिलाई ज्ञापनपत्र
बुझाउने जानकारी गराउदछांै ।
ज्ञ. तोकिएको समयसीमाभित्र मानव अधिकार सम्मत संविधान निर्माण एवम् जारी गर्नुपर्दछ
।
द्द. शान्ति प्रक्रियाको पूर्णताका लागि विगतमा गरिएका सहमति, राज्य पुनर्संरचना
आयोग, वेपत्तासम्बन्धी आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय शान्ति तथा
पुनस्र्थापन आयोग गठन गर्नुपर्दछ । यसैगरी द्वन्द्वकालमा विस्थापितलाई स्थापित गर्ने
एवम् कब्जा गरिएका घरजग्गा फिर्ता गर्न तत्काल ठोस कदम चाल्नुपर्दछ ।
घ. दण्डहीनताको अन्त्यका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको(रोम) विधान तत्काल
अनुमोदन गर्नुपर्दछ ।
धर्ना तथा ज्ञापनपत्र पेश गर्ने कार्यक्रम
१. २०६८÷०४÷१६ गते, सोमबार, ठीक ३ बजेदेखि ३ः३० बजेसम्म (आधा घण्टा) एनेकपा
माओवादीको पार्टी कार्यालय, पेरिशडाँडा, कोटेश्वरमा धर्ना र तत्पश्चात
अध्यक्षज्यूलाई ज्ञापनपत्र दिने ।
२. २०६८÷०४÷१७ गते, मंगलबार, ठीक ३ बजे देखि ३ः३० बजेसम्म (आधा घण्टा) नेपाली
काँग्रेसको पार्टी कार्यालय, सानेपा, ललितपुरमा धर्ना र तत्पश्चात सभापतिज्यूलाई
ज्ञापनपत्र दिने ।
३. २०६८÷०४÷१७ गते, मंगलबार, ठीक ४ः३० बजे देखि ५ बजे सम्म (आधा घण्टा)नेकपा एमालेको
पार्टी कार्यालय, बल्खुमा धर्ना र तत्पश्चात अध्यक्षज्यूलाई ज्ञापनपत्र दिने ।
४. २०६८÷०४÷२० गते, शुक्रबार, ठीक २ बजेदेखि ३ बजेसम्म एक घण्टा संविधान सभा भवन
अगाडी, नयाँबानेश्वर, काठमाडांैमा धर्ना दिने ।
होमकान्त चौलागाई
सभापति
@)^* c;f]h @&
प्रेस विज्ञप्ति
प्रेसमाथिको आक्रमण निन्दनीय
नागरिक दैनिकका विराटनगर संवाददाता खिलानाथ
ढकाललाई युथफोर्स कार्यकर्ताद्वारा जेठ २२ गते आइतवार राती गरिएको निर्घात आक्रमणको
मानव अधिकार तथा शान्ति समाज घोर निन्दा एवम् भत्सर्ना गर्दछ । समाचार लेखिएको
विषयमा ढकालमाथि आक्रमण हुनु, जेठ १३ गते कान्तिपुर टेलिभिजनको गाडी जलाइनु जस्ता
घटनाहरुलाई लोकतन्त्रको उपहास र स्वतन्त्र प्रेस माथिको गम्भीर प्रहारका रुपमा
शान्ति समाजले लिएको छ । शान्ति प्रक्रिया र संविधान निर्माणको महत्वपूर्ण यस घडीमा
राजनीतिक दलबाट प्रेसमाथि आक्रमण हुनु दुःखद भएको र आगामी दिनहरुमा यस्ता घटनाहरु
नदोहो¥याउन र दोषीमाथि तत्काल कानुनी कार्वाही गर्न शान्ति समाज सम्बन्धित सबैसमक्ष
जोडदार आग्रह गर्दछ ।
गङ्गाधर अधिकारी
महासचिव
२०६८÷२÷२३
प्रेस विज्ञप्ति
डा. भट्टराईको ज्यानमार्ने धम्कीको छानबीन गर्न आग्रह
एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम
भट्टराईमाथि माओवादीकै मजदुर संगठनमा आवद्ध व्यक्तिद्वारा पार्टी केन्द्रीय
कार्यालय, पेरिसडाँडामै ज्यान मार्ने धम्की दिएको घटनाप्रति मानव अधिकार तथा शान्ति
समाजको गंभीर ध्यानाकर्षण भएको छ । पार्टी प्रवक्ता दिनानाथ शर्माद्वारा जारी प्रेस
विज्ञप्तिमा ‘...डा भट्टराईको हत्या गर्ने योजना बुनेको खुलासा भएको’ उल्लेख भएबाट
उल्लिखित घटना गंभीर रहेको पुष्टी हुन्छ । ज्यान लिने धम्की तथा योजना जस्तो गंभीर
घटनाप्रति तत्काल छानबीन गरी दोषीउपर कानुनी कार्वाही गर्न र पार्टीका नेताहरुको
सुरक्षामा विशेष व्यवस्था गर्न शान्ति समाज नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछ ।
यसैगरी यही मिति २०६८ जेठ २ गते राती इलामको चुलाचुली–१, कमलझोडाका स्थानियबासीप्रति
माओवादी प्रथम डिभिजन चुलाचुलीका लडाकुहरुले गरेको आक्रमण र शिविरमा नियन्त्रणमा
लिएको घटनाप्रति शान्ति समाज निन्दा एवम् भत्र्सना गर्दछ ।
देश संविधान निर्माण एवम् संक्रमणबाट गुज्रीरहेको र शान्ति प्रक्रिया तार्किक
निष्कर्षमा टुङ्ग्याउनुपर्ने अवस्थामा शिविरका लडाकुहरुको यस्ता अराजक, अनुशासनहीन
र उच्छृङखल घटनाप्रति एनेकपा माओदादी गंभीर तथा जिम्मेवार हुनु जरुरी छ ।
अतः शान्ति समाज यस्ता आपराधिक एवम् शान्ति सुरक्षामा खलल पार्ने घटना पुनः दोहोरिन
नदिन, दोषीमाथि कार्वाही गरी दण्डहीनताको अन्त्य गर्न र कानुन विपरित क्रियाकलाप
गर्ने जोसुकैलाई पनि संरक्षण नगरी कानुनी दायरामा ल्याउँन राजनीतिक दल, सुरक्षा
निकाय एवम् नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछ ।
होमकान्त चौलागाई
सभापति
२०६८÷२÷५
प्रेस विज्ञप्ति
अपहरण मुक्त गर्न आग्रह
मकवानपुर घर भइ हाल काठमाडांै बाँनेश्वर हाइट
निवासी वर्ष २५ का प्रेमप्रसाद गजुरेललाई मिति ०६८ वैशाख २९ गते साँझ ८ बजे
ढुङ्गेधारामा पानी भर्न गएको अवस्थामा अज्ञात समूहले अपहरण गरको घटनाप्रति मानव
अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ ।
काठमाडांैको भृकुटीमण्डपमा व्यापार व्यवसायमा संलग्न निज गजुरेल नेपाली काँग्रेसका
सक्रिय कार्यकर्ता हुनुहुन्छ । उहँलाई अपहरण मुक्त गरी जीवनरक्षा गर्न मानव अधिकार
तथा शान्ति समाज नेपाल सरकार एवम् सम्बद्धपक्ष समक्ष हार्दिक आग्रह गर्दछ ।
गङ्गाधर अधिकारी
महासचिव
२०६८÷१÷३०
प्रेस विज्ञप्ति
नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्न आग्रह
विगत चार दिन देखि भरतपुर क्यान्सर अस्पतालमा
सम्पुर्ण स्वास्थ्य सेवा नै ठप्प भइ त्यहाँ उपचाररत रुपन्देही भैरहवा–७ कपलउती
यादवको मृत्यप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । विवादका
कारण अस्पतालजस्तो मानवीय सेवा पु¥याउने निकाय बन्द हुनु र त्यहाँ उपचाररत
विरामीहरुको ज्यान खतरामा पार्नु जस्ता काम स्वास्थ्यको अधिकार र बाँच्न पाउने
अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय
प्रतिज्ञापत्र १९६६ धारा १२.१द्वारा प्रदत्त शारीरिक तथा मानसिक स्वास्थ्यको
उच्चस्तरको मापदण्डअनुरुप सवै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको
दायित्व भित्र पर्ने कुराको विपरित छ । तसर्थ अस्पताल बन्द प्रति तत्काल संवेदनशील
भइ वार्ताद्वारा समस्याको निराकरण गर्न नेपाल सरकार र अस्पतालका सेवा सुचारु गरी
नागरिकको स्वास्थ्य उपचार प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबै प्रति
मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।
होमकान्त चौलागाई
सभापति
२०६८÷१÷१८
प्रेस विज्ञप्ति
सांघातिक आक्रमणको निन्दा
नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनियुक्त उर्जामन्त्री गोकर्ण बिष्टमाथि २०६७
चैत्र २८ गते साँझ साढे आठ बजे ज्यान मार्ने तवरले आक्रमण भएकोमा मानव अधिकार तथा
शान्ति समाजको गंभीर ध्यानाकर्षण भएको छ ।
त्यसैगरी २०६७ चैत्र २८ गते व्यापारी अञ्जनीकुमार चाचानको गोली हानी भएको हत्या र
उर्जामन्त्री बिष्टमाथि भएको सांघातिक आक्रमणको शान्ति समाज घोर निन्दा एवम्
भत्र्सना गर्दछ । राजधानि लगायत देशका विभिन्न भागमा बढ्दो हत्या र आक्रमणले देशको
शान्ति सुरक्षा खस्कदै गएको पुष्टि गर्दछ । मानव अधिकार तथा शान्ति समाज शान्ति
सुरक्षा सुदृढ गर्न तथा नागरिकको बाँच्न पाउँने अधिकारको सुनिश्चितता गर्न र
हत्या÷आक्रमणको निष्पक्ष छानबीन गरी दोषी उपर कारवाही गरी पिडितलाई उचित न्याय
प्रदान गर्न नेपाल सरकारसँग आग्रह गर्दछ ।
होमकान्त चौलागाई
सभापति
२०६७÷१२÷२९
प्रेस विज्ञप्ति
हत्या र श्रृखलावद्ध विष्फोटनको निन्दा
भैरहवा, नेपालगञ्ज एवम् रौतहटमा मानवीय जीवनप्रति क्षति पु¥याई आतंक फैलाउने नियतका
साथ सार्वजनिक यातायातका साधनहरुमा श्रृंखलावद्ध रुपमा भएका विष्फोटनका घटना र हत्या
प्रति मानव अधिकार तथा शान्ति समाज निन्दा एवम् भत्सर्ना गर्दछ ।
भैरहवाबाट बुटवल आउँदै गरेको लु.१.ख ३६६६ नम्बरको माइक्रोबसमा आइतबार साँझ ६ः०० बजे
मिलनचोकमा रोकिएको अवस्थामा विष्फोट हुँदा त्यसका यात्रु हालसम्म नाम नखुलेका
आन्दाजी वर्ष ३० को एकजना पुरुषको उपचारका लागि चितवन ल्याउँदै गर्दा सोमबार विहान
मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते सहित २३ जना लुम्बिनी अञ्चल अस्पताल तथा सिटि
अस्पतालमा उपचार भइरहेको छ । ४ जनाको स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न
चिकित्सकको भनाइ रहेकोछ ।
यसैगरी चैत्र ११ गते रौतहटमा बा.२ ख. ५७२१ नम्बरको बसमा विष्फोट हूँदा १३ जना,
चैत्र १२ नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको ना.४ ख. १३३२ नम्बरको बसमा विष्फोट
हुँँदा ६ जना घाइते भएका थिए । यस पूर्व पनि तराईका सार्वजिनक स्थल एवम् नीजि घर,
लज, होटलमा समेत विष्फोटका घटना भएका थिए भने कतिपय स्थानबाट बम बरामद गरिएको
बताइएको थियो ।
भैरहवाको घटना भए लगत्तै मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा सभापति
गोविन्द खनालको नेतृत्वमा एक उद्धार एवम् घटना विवरण संकलन टोली संलग्न रहेको थियो
। विष्फोटबाट मृत्यु भएकाको यथाशिघ्र पहिचान गरी पिडित परिवारलाई राहत प्रदान गर्न,
घाइतेहरुको निशुल्क उपचार गर्न, घटनामा संलग्नहरु पत्ता लगाई कानुनी कारवाही गर्न,
दण्डहीञनताको स्थिति अन्त्य गर्न तथा तराईको सुरक्षा स्थितिमा सुधारको लागि तत्काल
आवश्यक बन्दोबस्त मिलाइ नागरिकको बाँच्न पाँउने अधिकारको संरक्षण गर्न शान्ति समाज
नेपाल सरकार समक्ष जोडदार आग्रह गर्दछ ।
यसैगरी सार्वजनिक सवारी साधन एवम् स्थल प्रति लक्षित गरी निर्दाेष, निहत्था
व्यक्तिहरुलाई आक्रमण गर्नु मानव अधिकार एवम् अन्तर्राष्ट्रिय मानवीय कानुनको मूल्य,
मान्यता र सिद्धान्त विपरित आपराधिक, अमानवीय एवम् मानवता विरोधी कार्य भएकोले यस्ता
घटना नघटाउन सम्बद्ध सबै पक्षसँग शान्ति समाज हार्दिक आग्रह गर्दछ ।
होमकान्त चौलागाई
सभापति
०६७÷१२÷१४
प्रेस विज्ञप्ति
विष्फोटनको निन्दा
काठमाडांै नयाँपाटी गा.वि.स. निवासी विनय पण्डितको निवासमा २०६७ चैत्र ७ गते साँझ
भएको विष्फोटनको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज निन्दा एवम् भत्र्सना गर्दछ
। मुलुक शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा रहेको सङ्क्रमणकालीन
अवस्थामा विष्फोटन गर्नु तथा व्यक्तिका नीजि सम्पत्ति कब्जा गर्ने जस्ता घटना मानव
अधिकारका अन्तराष्ट्रिय मूल्य र मान्यता विपरित रहेको तथ्य स्मरण गराउँदै यस्ता घटना
नघटाउन शान्ति समाज सम्बद्ध सबै पक्षसँग जोडदार आग्रह गर्दछ ।
समाजको तर्फबाट
गङ्गाधर अधिकारी
महासचिव
२०६७÷१२÷९
प्रेस विज्ञप्ति
हार्दिक समवेदना
लोकतान्त्रिक आन्दोलनका मुर्धन्य व्यक्तित्व
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको फागुन २१ गते राती भएको दुःखद निधनले
हामीलाई शोकाकुल तुल्याएकोछ । दुःखको यस घडीमा मानव अधिकार तथा शान्ति समाज हार्दिक
श्रदान्जलि व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै
शोकसन्तप्त सबै जनहरुप्रति शान्ति समाज हार्दिक समवेदना प्रकट गर्दछ ।
होमकान्त चौलागाई
सभापति
०६७÷११÷२२
प्रेस विज्ञप्ति
लिवियामा रहेका नेपालीको उद्धार गर्न आग्रह
लिवियामा चर्किदै गएको आन्दोलनका कारण विदेशी
नागरिकहरुस“गै नेपालीहरुको जीवन जोखिममा परेको घटनाप्रति मानव अधिकार तथा शान्ति
समाजको गम्भीर ध्यानाकर्षण भएको छ । वैदेशिक रोजगारीका क्रममा लिवियामा रहेका हजारौ
नेपालीहरुलाई तत्काल उद्धार गरी उनीहरुको जीवनरक्षाका लागि आवश्यक कार्य गर्न नेपाल
सरकार समक्ष शान्ति समाज हार्दिक आग्रह गर्दछ । वैदेशिक रोजगारीका लागि विदेशिन
बाध्य लाखांै नागरिकको सुरक्षाका लागि राज्यका तर्फबट तत्कालिन एवम् दीर्घकालिन नीति
निर्माण गर्न समेत नेपाल सरकारको ध्यानाकर्षण गराउ“न चाहन्छु ।
होमकान्त चौलागाई
सभापति
०६७÷११÷१२
प्रेस विज्ञप्ति
विभिन्न कार्यक्रम सहित राष्ट्रिय कार्यशाला सम्पन्न
मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाको आतिथ्यमा शान्ति समाजको ३ दिवसिय
राष्ट्रिय प्रशिक्षण कार्यशाला २०६७ माघ २३ गते सम्पन्न भएको छ । माघ २१ गते शुरु
भएको कार्यशालामा शान्ति समाजका विभिन्न जिल्ला शाखा र केन्द्रीय कार्य समितिका गरी
८० जनाको सहभागिता रहेको थियो । कार्यशालामा शान्ति सम्झौता र मानव अधिकार, नया“
संविधानमा समावेश गर्नुपर्ने मानव अधिकारका विषयहरु, अन्तर्राष्ट्रिय फौजदारी
अदालतको विधान अनुमोदन, समाजको संस्थागत मान्यता, मानव अधिकार, शान्ति, अहिंसा र
लोकतन्त्रका विषयमा संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति होमकान्त
चौलागाई, उपसभापति मोहनप्रसाद धिताल, केन्द्रीय कार्य समितिका पदाधिकारीहरु र
एमनेष्टी इन्टरनेशनल नेपालका निर्देशक रामेश्वर नेपालले प्रशिक्षण प्रदान गर्नुभएको
थियो । यसैगरि माघ २१ गते विहान म्याग्दी स्थित १० वटा विद्यालयमा बालअधिकारका
विषयमा छुट्टा छुट्टै १० वटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त
कार्यक्रमहरुमा शान्ति समाजका तर्फबाट तयार गरिएको अवधारणापत्र प्रस्तुत गरिएको थियो
। माघ २१ गते राती सम्पन्न ‘मानव अधिकार कवि गोष्ठी’मा १५ जना कविहरुले कविता वाचन
गर्नुभएको थियो ।
माघ २२ गते विहान बेनीवजारमा शान्ति ¥यालीको आयोजना गरिएको थियो भने माघ २२ गते
कार्यशालाको दिउसोको सत्रमा वरिष्ठ मुटुरोग विशेषज्ञहरुबाट ‘मुटुरोगबाट बच्ने
उपायहरु’बारे प्रस्तुति रहेको थियो । यसैगरि माघ २३ गते विहान शान्ति समाजको
आयोजनामा स्वास्थ्यको अधिकार मानव अधिकार भन्ने अवधारणा अन्तर्गत ‘मुटुरोगबारे
जनचेतना जगाउन’ गलेश्वर सम्म साढे तिन किलोमिटर लामो पदयात्रा सम्पन्न भएको थियो ।
उक्त पदयात्रामा चिकित्सकहरुको टोलीसहित शान्ति समाजका सदस्यहरु र बेनीबासीको
सहभागिता रहेको थियो ।
कार्यशाला आयोजनाको खर्च समाजको म्याग्दी शाखाले स्थानिय स्तरबाट अर्थ संकलन गरी
व्यहोरेको थियो । कार्यक्रमलाई उत्साहप्रद ढंगले सफल तुल्याउन बेनीबासीहरुले विशेष
सहयोग गर्नुभएको थियो भने माघ २२ गते राती दोहोरी तथा माघ २३ गते राती संक्षिप्त
सा“स्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । यसैगरी सहभागिहरुलाई पर्यटकिय स्थल
तातोपानीको भ्रमण समेत गराइएको थियो । यो कार्यक्रमको आतिथ्य गर्ने म्याग्दी शाखा,
शाखाका सभापति रामजीप्रसाद सुवेदी तथा सम्पूर्ण सदस्यहरु, शुभचिन्तकहरु एवम् सबै
बेनीबासीहरुलाई शान्ति समाज हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछ ।
समाजका तर्फबाट
गङ्गाधर अधिकारी
महासचिव