राज्य संयन्त्रको दुरुपयोग विरुद्ध बालुवाटारमा प्रदर्शन/२६ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति
राज्य संयन्त्रको दुरुपयोग विरुद्ध बालुवाटारमा प्रदर्शन/२६ अधिकारकर्मी गिरफ्तार
ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री÷मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध मानव अधिकार तथा शान्ति समाजले माघ १२ गते दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गररेको छ ।
विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली ः आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ माघ १२

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान/पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति

प्रेस विज्ञप्ति
शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान/पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति
‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकाहरु प्रत्येकलाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने छ र यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहने छ ।
यस वर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई रु. १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिने छ । पाँच वर्षसम्म निजहरुलाई प्रत्येक वर्ष प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ । यसैगरी शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद घिमिरे, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, समाजको मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्व सभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणीराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा पहिलो चरणमा प्रक्षेपित पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजारको सहयोगको प्रतिवद्धता व्यक्त गर्ने सबैमा शान्ति समाज हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ ।
सहयोगी हातहरु थपिदै गएमा छात्रवृत्ति संख्या पनि वृद्धि गर्दै यो अभियान अन्य जिल्लाहरुमा समेत विस्तार गरिने छ ।
समाजका तर्फबाट
सुशील बस्नेत, महासचिव
मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति : २०७७ माघ ६

प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण

प्रेस विज्ञप्ति
प्रतिनिधिसमा विघटन विरुद्ध प्रदर्शन जारी/मोरङमा विपन्नहरुलाई कम्बल वितरण
१. असंवैधानिक एवं स्वेच्छाचारी तवरमा प्रतिनिधिसभाको विघटन विरुद्ध मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा विभिन्न जिल्लामा प्रदर्शनको क्रम निरन्तर छ । यस क्रममा रुपन्देही, दाङ, गोरखा, बाँके, तेह्रथुम, नवलपरासी सुस्ता पश्चिम, महोत्तरी, अछाम, सुनसरी, मोरङ, काभ्रे, कपिलवस्तु, काठमाण्डौ, नुवाकोट, नवलपुर र पाल्पा गरी १६ जिल्लामा विरोध प्रदर्शन भइसकेको छ भने पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजले प्रदर्शन गरेको थियो ।
२.मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक “असंवैधानिक तवरमा प्रतिनिधिसभाको विघटन ः लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित २०७७ फागुन २१–२२ गते पोखरामा आयोजना हुने भएको छ । समाजको कास्की शाखाको आतिथेयमा सम्पन्न हुने राष्ट्रिय परिषद् बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २०० भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहने छ । परिषद् बैठकका दौरान समाजको केन्द्रीय कार्यसमितिका २७ पदका लागि निर्वाचन पनि हुन गइरहेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता महेन्द्र पाण्डेलाई नियुक्त गरिएको छ । प्राध्यापक पाण्डे उच्च अदालत बार एसोसिएसन बुटवल का पुर्ब अध्यक्ष , ट्रान्स्परेन्सी इन्टरनेसनल नेपाल आबद्ध पारदर्शी सरोकार समूह रुपन्देही को अध्यक्ष र डेमोक्रेटिक लयर्स एसोसिएसन रुपन्देही को अध्यक्ष हुनुहुन्छ ।
३. मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा न. ७ का जेष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल र ३५ थान सल बितरण गरिएको छ । २०७७ पौष २९ गते आयोजित कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्ति समाजले गर्दै आएको सेवामुखी कार्यको निरन्तरता स्वरुप भविष्यमा दलित विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिने सोच रहेको बताउनुभयो । मोरङ शाखा उपसभापति निर्मला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, पर्सा शाखा सभापति अमर गौतम अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे लगायत जनप्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजका तर्फबाट
सुशिल बस्नेत, महासचिव,
मानव अधिकार तथा शान्ति समाज,
मिति : २९ पुस २०७७

‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई

प्रेस विज्ञप्ति
‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई/लक्ष्मी प्रतिष्ठानलाई पोखरेलद्वारा दुई लाख २० हजार सहयोग
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक श्री भोजराज पोखरेललाई प्रदान गरिएको छ । पौष २२ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु. १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । यसैगरी ८ वटा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।
पुरस्कार÷सम्मान ग्रहण पश्चात कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहदाँ होस वा निजी जीवन निर्वाहको क्रममा, बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिडाउने भूमिकामा केन्द्रीत रहेको बताउँदै आफू जस्ता कैयौ युवाको बद्री पहाडी उत्प्रेरकको रुपमा रहेको बताउनुभयो । नेपालको वर्तमान सन्दर्भको चर्चा गर्दै पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको भन्दै अहिले अन्तराष्ट्रिय स्तरमा नेपालको शाख गिरेको बताउनुभयो ।
शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व पोखरेलबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु. २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
श्री पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गर्नुभएको थियो ।
सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०÷११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले श्री पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएको थियो । युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो श्री पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो भने हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु. १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।
श्री बद्रीप्रसाद पहाडीको जन्म वि.स १९९२ चैत १ गते तत्कालिन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे (हाल संखुवासभा जिल्ला)मा भएको थियो । पिता पद्यंप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गर्नुभएको थियो भने आधा शताब्दीदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । ६० वर्ष अगाडि केही समय मादी हाईस्कुलको अवैतनिक शिक्षकको रुपमा समेत सेवा गर्नुभएका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानहरुको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यको रुपमा समेत योगदान गर्नुभएको छ । पहाडीको बर्दिया जिल्लामा भूमीसुधार नामक पुस्तक र दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहनुभएका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गर्नुभएको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ पौष २२