प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलन प्रारम्भ/ १६ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति
प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलन प्रारम्भ/ १६ अधिकारकर्मी गिरफ्तार
असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनीधि सभा बिघटन बिरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ । यस क्रममा आज पुस ६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजद्वारा आयोजित बिरोध प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति बिद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनीधि सभा बिघटन हुनु निन्दनीय छ भने प्रतिनीधि सभा बिघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ । बिरोध प्रदर्शनमा संसद बिघटन ः लोकतन्त्रको सबैभन्दा ठुलो उपहास, कुशासनमा लिप्त ओली सरकारःप्रतिगमनको सबैभन्दा ठुलो मतियार लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलनका क्रममा हिजो पुस ५ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसिपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको थियो भने देशभर विरोध प्रदर्शनको क्रम निरन्तर छ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
२०७७ पुस ६ गते

शिक्षक हत्याको निन्दा/भ्रष्टाचार विरुद्ध कार्यक्रम/विश्व शान्तिका लागि ३२ जिल्लामा प्रदर्शन

प्रेस विज्ञप्ति
शिक्षक हत्याको निन्दा÷भ्रष्टाचार विरुद्ध कार्यक्रम÷विश्व शान्तिका लागि ३२ जिल्लामा प्रदर्शन
१.मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते बिहान अपहरण पश्चात क्रुरतापूर्वक भएको हत्याको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । उक्त जघन्य हत्याका दोषीहरुलाई कानुन सम्मत कारवाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
२०७७ मंसिर २३ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युन्ष्टि पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो । हत्या हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्विकार्य नहुने तथ्य मानव अधिकार तथा शान्ति समाज सम्बन्धीत सबैलाई पुन स्मरण गराउँछ । हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने हुँदा हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाज पुन आग्रह गर्दछ ।
२. आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन् भन्ने नारासहित अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २५ गते मानव अधिकार तथा शान्ति समाजका ३२ जिल्ला शाखाहरुले देशका ३३ स्थानमा प्रदर्शन गरेका छन् । आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न मागसहित शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा चितवनको भरतपुर, नवलपुरको गैडाकोट, कास्कीको पोखरा, मोरङको विराटनगर, दाङको तुलसीपुर, अर्घाखाँचीको सन्धिखर्क, बागलुङ सदरमुकाम, कैलालीको टिकापुर, पर्वतको कुस्मा, पाल्पाको तानसेन, म्याग्दीको बेनी, महोत्तरीको जलेश्वर, रुपन्देहीको वुटवल, नुवाकोटको देवीघाट, सुर्खेतको विरेन्द्रचोकमा, गोरखा सदरमुकाम, बाराको सिमरा, स्याङजाको पुतलीबजार, सुनसरीको इनरुवा र इटहरी, पर्साको वीरगञ्ज, पाँचथरको फिदिम, झापाको धुलावारी, अछामको मंगलसेन, रौतहटको चपुर, सिरहाको लहान, तेह्रथुमको म्याङलुङ, संखुवासभाको खाँदवारी, धनकुटा बजार, नवलपरासी पश्चिमको बर्दघाट, बाँकेको नेपालगञ्ज, कपिलबस्तुको जितपुर र काभ्रेको पनौतिमा प्रदर्शन सम्पन्न भएको थियो ।
मानव अधिकार दिवसकै दिन शान्ति समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका दुतावास अगाडि प्रदर्शन गरेको थियो । यस क्रममा शान्ति समाजद्वारा देशभर आयोजित ४२ वटा प्रदर्शनमा एक हजार भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहेको थियो ।
३. भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्बरका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘भ्रष्टाचारीलाई कारबाही गरौ, भ्रष्टाचार अन्त्य गरौ’ भन्ने नारासहित मंसिर २४ गते बिहान काठमाण्डौमा प्रदर्शन भएको थियो । यसैगरी मंसिर २४ गते अपरान्ह् ‘नेपाल ः भ्रष्टाचार र दण्डहिनताका कारण बढ्दो आक्रोश’ विषयमा शान्ति समाजले भर्चुअल अन्तरक्रिया आयोजना गरेको थियो ।
४. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ५ डिसेम्बरका दिन मंसिर २० गते बिहान मानव अधिकार तथा शान्ति समाजसहित विभिन्न संस्थाहरुको सहकार्यमा माथिल्लो बागमती सफाई कार्यक्रम सम्पन्न भएको थियो ।
समाजका तर्फबाट
सुशील बस्नेत
महासचिव, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमति
मिति ः २६ मंसिर २०७७

आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गर्दै ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन

प्रेस विज्ञप्ति
आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गर्दै ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन
आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौ र ललितपुरस्थित ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन भएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा २०७७ मंसिर २५ गते मध्यान्ह् १२ बजेदेखि आधा घण्टा काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दुतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन भएको हो ।
धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन, कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउँने? आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन्, हामी आणविक अस्त्ररहित विश्व चाहन्छौ लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थियो । यसैगरी सहभागिहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेध ः शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शिघ्र हस्ताक्षर÷अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र उपरोक्त दुतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले हस्तान्तरण गरेका थिए भने चीनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र सम्बन्धित दुतावासका अधिकारीहरुले हुलाक इमेलबाट पठाउन भनेको हुँदा सोही अनुरुप पठाइएको छ ।
अमेरिकी दुतावास अगाडिको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सदस्य गीता तिमल्सिना, सदस्य उमा गौतम, मायाँ भट्टराई, दुर्गा राना, चीनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, शान्ति समाज काभ्रे शाखा सभापति सुमित्रा बञ्जारा, उपसभापति हेमा मानन्धर, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय विभागीय संयोजक विष्णु भुषाल, सदस्य कमला घिमिरे, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव रत्नलक्ष्मी श्रेष्ठ, केन्द्रीय सदस्य नम्रता खरेल, फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, प्रकृति, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य सरस्वती ढकाल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनी, संस्कृति हुमागाई, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, शान्ति समाजका पूर्व महासचिव कुमारराज सुवेदी, सदस्य ईश्वरा लिङ्देन र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सन्जोग चाम्लिङ राई, विनु अधिकारीसहित ४ सय भन्दा बढी शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी देशका ३१ जिल्लामा ७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन यहि अभियान अन्तर्गत ३२ वटा प्रदर्शन भएको छ ।
पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ ।  यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ । ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर÷अनुमोदन गरेका छैनन् र यो सन्धि अनुमोदनका लागि अनिच्छुक देखिन्छन् ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ मंसिर २५

वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको निन्दा

प्रेस विज्ञप्ति
वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको निन्दा
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मंसिर १७ गते दिउँसो तनहुँ दमौली व्यास नगरपालिकास्थित वडा न. १ र ११ बीचमा पर्ने तालघरे सडकस्थित पुल उद्घाटन गर्न जाँदा सरकारद्वारा गरिएको बलात गिरफतारीको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । स्थानीय प्रशासनले कोभिड संक्रमणको वहाना अघि सारेता पनि सहमतिबाटै तय भएको कार्यक्रमलाई रोक्ने/बिथोल्ने नियतले सत्तारुढ नेकपाको दबाबमा वरिष्ठ नेता पौडेलसहित आधा दर्जन बढीलाई हिरासतमा लिएको देखिन्छ । यसले सरकारको असहिष्णु र सत्तारुढ दलका कार्यकर्ताहरुको प्रतिशोधात्मक आचरण प्रकट भएको छ जुन निन्दनीय छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित हिरासतमा रहेका सबैको विना सर्त शिघ्र रिहाइको शान्ति समाज माग गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति : २०७७ मंसिर १७

शान्ति समाजद्वारा अन्तरक्रिया, विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग

प्रेस विज्ञप्ति
शान्ति समाजद्वारा अन्तरक्रिया, विभिन्न संस्थालाई नगद तथा पुस्तक सहयोग
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी अन्तराष्ट्रिय दिवस ३ डिसेम्बरका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा मंसिर १८ गते तुलसीपुरमा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि समर्पित रोशन गिरीलाई सम्मान गरिएको छ । शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, शान्ति समाजका महासचिव सुशील बस्नेत, अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि निरन्तर क्रियाशील अधिकारकर्मीहरु तिलसरा पुन, यज्ञ बिक, रजनी शाह एवं हुमाकन्त कँडेल र पत्रकार गोपाल शर्मा, शान्ति समाज दाङका पूर्व सभापति सुरेश श्रेष्ठ, सल्यानका पूर्व सभापति शिवशंकर गिरी, सदस्यहरु उषा गौतम, निर्मला योगीले अपांगता भएका व्यक्तिहरुको अधिकारको विषयमा केन्द्रीत रहि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अपागंता भएका व्यक्तिहरु सम्बन्धी अन्तराष्ट्रिय दिवसकै सन्दर्भमा शान्ति समाज रुपन्देहीले मंसिर १८ गते बुटवल १५ स्थित लुम्बिनी अपांग दुष्टिबिहिन अनाथ आश्रमलाई सेतो छडि, खाद्यान्न÷तरकारी सहयोग प्रदान गरेको छ । शान्ति समाजका तर्फबाट केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, शाखा सभापति धनपति खनाल(डिपी), सह सचिव कपिल ज्ञवाली, कोषाध्यक्ष कृष्ण भट्टराईसहितको टोलीले सहयोग हस्तान्तरण गरेको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौ बौद्धस्थित एउटै परिवारका अपाङ्गता भएका ५ जनालाई रु. १५ हजार नगद सहयोग प्रदान गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीसहित पदाधिकारीहरुले मंसिर १८ गते काठमाण्डौमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।
यस भन्दा पूर्व २० नोभेम्बरः अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले असहाय बाल बालिकाको सरक्षणका लागि कार्यरत सुनौलो पाइला परिवार काठमाडौं लाई रु १५ हजार नगद सहयोग प्रदान गरेको थियो ।
बाल अधिकार दिवसकै दिन शान्ति समाज दाङ शाखाले केही असहाय बालबालिकालाई सहयोग स्वरुप खाद्यान्न, शैक्षिक सामग्री र केहि नगद सहयोग प्रदान गरेको थियो ।
पुस्तक सहयोग प्रदान गर्ने सन्दर्भमा कृष्ण पहाडीसँग रहेको ३०० र शान्ति समाजसँग रहेका १०० गरि ४०० पुस्तक कैलालीस्थित टिकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरिएको छ । कृष्ण पहाडीले यसअघि आफुसँग रहेका दर्जनौ बस्त्र केहि सामाजिक संस्थालाई प्रदान गरिसक्नु भएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मंसिर २५ गते मध्यान्ह् १२ बजे शान्ति समाजले आणविक हतियार निषेध सन्धीलाई शिघ्र अनुमोदन गर्न र आणविक अस्त्ररहित विश्वको आह्वानसहित काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गर्दैछ ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ मंसिर १८