सजगता अभियान प्रारम्भ/आपुर्ति ब्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न आग्रह

प्रेस विज्ञप्ति

सजगता अभियान प्रारम्भ/आपुर्ति ब्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न आग्रह

नोवल कोरोना भाइरस नियन्त्रण/रोकथामका सन्दर्भमा केन्द्रित रही मानव अधिकार तथा शान्ति समाजले देशव्यापी रुपमा सजगता अभियान प्रारम्भ गरेको छ । कोरोना भाइरस नियन्त्रण रोकथामका
लागि शान्ति समाजले राज्य÷सरकारसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । कालोबजारी रोक्न प्रभावकारी अनुगमनमा जोड दिदै, आपुर्ति ब्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न पनि शान्ति समाजले सरकारसँग आग्रह गरेको छ ।
अराजकता÷अब्यवस्था÷ कानुन बिहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड दिदै अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्य, राजनीतिक समाज, नागरिक समाज सहकार्यका लागि शान्ति समाजले आह्वान गरेको छ । नोवल कोरोना भाइरस नियन्त्रण÷रोकथामका लागि पूर्व सतर्कता, अधिक सावधानी र सफाई अभियानको विस्तारमा जोड दिदै शान्ति समाजले जिल्ला जिल्लामा शान्ति समाजका सदस्यहरु परिचालन गर्ने भएको छ ।
कोरोना भाइरस प्रकोपका सन्दर्भमा सावधानी स्वरुप शान्ति समाजले वैशाख महिना सम्मका आधा दर्जन बढी नियमित अभियान÷कार्यक्रमहरु स्थगित गरिसकेको छ भने अबको मूल अभियान नोवल कोरोना भाइरस नियन्त्रण÷रोकथामका सन्दर्भमा केन्द्रित रहने छ । यसै अभियानका क्रममा शान्ति समाज रुपन्देही र दाङ शाखाले चैत ४ गते रुपन्देही र दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७६ चैत ४

आधा दर्जन अभियान/कार्यक्रम स्थगित, अफ्वाहबाट जोगिनु आवश्यक

आधा दर्जन अभियान/कार्यक्रम स्थगित, अफ्वाहबाट जोगिनु आवश्यक
एकातिर कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास र जनजीवन अस्तव्यस्त हुँदै गएको अर्कोतिर सजगता स्वरुप नेपाल सरकारले जनसहभागीता हुने कार्यक्रम नगर्न आह्वान गरेको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले चैत १ गतेको पुरस्कार वितरण कार्यक्रम, चैत १ गते बोलाइएको केन्द्रिय कार्यसमिति बैठक, गण्डकी क्षेत्र केन्द्रित दोस्रो चरणको हिमालय बचाउँ अभियान, भ्रष्टाचार विरुद्धको जिल्ला जिल्लामा धर्ना कार्यक्रम, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सम्बन्धि अभियान अन्तर्गत जिल्ला जिल्लाको कार्यक्रम र कारागार अनुगमन लगायतका अभियान र कार्यक्रम हाललाई स्थगित गरेको छ ।
कोरोना लगायत भाइरसको प्रकोपबाट बच्नका लागि पूर्व सतर्कता÷सजगता, स्वस्थ भोजन र सफाई आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । यस्तो प्रकोपबाट बच्न सामुहिक सहकार्य हुनुपर्छ र अत्याधिक सजगता अपनाउनुपर्छ । यद्यपि हालै समाजका पदाधिकारीहरुले गरेको चीन सिमानाको सिन्धुपालचोक जिल्लाको हेलम्बु क्षेत्र र संखुवासभा जिल्लाको मकालु लगायत १ नम्बर प्रदेशका ५ जिल्लाको भ्रमणको अनुभवको आधारमा ती क्षेत्रहरुमा जनजीवन सामान्य रहेको पाइएको छ । विपतको बेला समस्या समाधानका लागि सबै क्षेत्रबाट सक्दो प्रयास गर्नु र अफ्वाहहरुबाट जोगिनु पनि त्यत्तिकै आवश्यक भएको शान्ति समाजको धारणा छ ।

हिमालय बचाउ अभियान : १ नम्बर प्रदेशमा आधा दर्जन कार्यक्रम

हिमालय बचाउ अभियान : १ नम्बर प्रदेशमा आधा दर्जन कार्यक्रम

प्रेस विज्ञप्ति
हिमालय बचाउ अभियान : १ नम्बर प्रदेशमा आधा दर्जन कार्यक्रम
हिमालय बचाउँ : नदी जोगाउँ भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाजले प्रक्षेपण गरेको अभियान अन्तर्गत फागुन १९ गते विराटनगरमा गोष्ठी सम्पन्न भएको छ । शान्ति समाज मोरङ शाखा सभापति डिल्लीबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता कृष्ण पहाडीले जलवायु परिवर्तन विश्वव्यापी उष्णता र हिमालय क्षेत्रका बारेमा विस्तृत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा समाजका सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशिल बस्नेत, हिमालय दर्शन कलेजका प्राचार्य भरत सापकोटा, अधिकारकर्मी सञ्जु शाहले मन्तव्य व्यक्त गर्नुभएको थियो भने नागरिक अगुवा अर्जुन पराजुलीले कविता सुनाउनुभएको थियो । हिमालय दर्शन कलेजको सभाकक्षमा सम्पन्न गोष्ठीमा स्नातक तहका विद्यार्थीहरु समेत गरी १५० जनाको सहभागिता थियो । कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडीले विभिन्न क्याम्पसमा अध्यापन गर्ने प्राध्यापक डाक्टर गरी ५ जनालाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यससँगै शान्ति समाजद्वारा सञ्चालित हिमालय बचाउँ ः नदी जोगाउँ अभियान अन्तर्गत १ नम्बर प्रदेशमा आधा दर्जन भन्दा बढी कार्यक्रम सम्पन्न भएको छ । फागुन १४ गते संखुवासभाको मकालु गाँउपालिकाबाट शुरु भएको अभियानका क्रममा संखुवासभा, तेह्रथुम, धनकुटामा नागरिक सभा, सुनसरी र मोरङमा गोष्ठी गरि आधा दर्जन बढी कार्यक्रम सम्पन्न भएको छ । अभियानका दौरान ति जिल्लाहरुमा शान्ति समाजद्वारा हिमालय बचाउँ अभियान अन्तर्गत तयार गरिएको अवधारणापत्र हजारौ प्रति वितरण गरिएको थियो । अभियानका क्रममा शान्ति समाजले अघि सारेको १० बुँदा यस प्रकार छ ः
१. नेपालको संविधानको प्रस्तावनामा नै जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स) लाई सम्बोधन गर्नुपर्छ र सोही अनुरुप संयन्त्र निर्माण र परिमार्जन गर्नुपर्छ ।
२.प्राकृतिक वा अन्य विपत्तिबाट सुरक्षाका लागि उद्धार राहत र पुनर्वास हेतु प्रभावकारी एवं स्थायी संयन्त्र निर्माण गर्नुपर्दछ ।
३. हिमालय क्षेत्रको वातावरण, जैविक विविधता र स्वच्छताको संरक्षण, नदीको मुहान संरक्षण र प्रदुषण मुक्त जलधारा लगायतका विषय समेटी विशेष कार्ययोजना लागू गर्नुपर्दछ ।
४. हिमालय बचाउँ नदी जोगाउँ अभियानलाई राज्यले गम्भीरताका साथ व्यापक सहकार्यमा अघि बढाउनुपर्छ । राज्यले अवलम्बन गर्ने नीति हिमालय र नदीनालामैत्री हुनुपर्छ । संघीय सरकारमा ‘हिमालय मन्त्रालय’ र प्रदेश सरकारमा नदी मन्त्रालयको व्यवस्था हुनुपर्छ ।
५. जल जीवन हो र उर्जाको प्रमुख आधार पनि हो । आवश्यक जल र यथोचित उर्जा नागरिकको अधिकार हो । जलको स्रोत नदी नाला भएको हुँदा नदी नालाको संरक्षण र सदुपयोगमा राज्यको ध्यान केन्द्रित हुनुपर्दछ तर विकास निर्माणको नाममा विनाश र प्रलयको खतरालाई भित्र्याउनु हुदैँन ।
६. चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेको छ । तसर्थ चुरे संरक्षण प्राथमिकता हुनुपर्दछ ।
७. हरितगृह ग्यासको कटौतिका लागि अन्तराष्ट्रिय मञ्चमा नेपालले उदाहरणीय भूमिका निर्वाह गर्नुपर्छ ।
८. हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्वरमा रहेका चीन र भारतका कारण हिमालय नाङ्गीदै गएको हुँदा ति देशहरुबाट क्षतिपुर्ती उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्छ । यसैगरी हिमालय संरक्षणका विषयमा केन्द्रित रहि चीन र भारतसँग सहकार्यमा जोड दिनुपर्छ ।
९. वन÷जंगलको तिव्र विनासलाई रोक्नुपर्छ । भएका वन जंगलको संरक्षण गर्नुपर्छ र वृक्षारोपण, वृक्ष÷वनस्पति संरक्षण र वृक्ष हुर्काउने कार्यलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउनुपर्छ ।
१०. जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको दुष्प्रभाव र हिमालय क्षेत्रको विनासका कारण हुन सक्ने विस्थापनलाई रोक्न बेला छँदै गम्भिर भई आवश्यक कदम चाल्नुपर्छ ।

हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी

हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी

प्रेस विज्ञप्ति
हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी
जलवायु परिवर्तन र बिश्वाब्यापी उष्णताको दुष्प्रभाव र हिमालय क्षेत्रको बिनासका कारण हुनसक्ने बिस्थापनलाई रोक्न बेला छँदै गम्भिर भै आबश्यक कदम चाल्न मानव अधिकार तथा शान्ति समाजले पुन ध्यानाकर्षण गराएको छ । शान्ति समाजद्वारा हिमालय बचाउ नदी जोगाउ आन्दोलनका क्रममा फागुन १८ गते सुनसरीको धरानमा आयोजित गोष्ठीका प्रस्तोता र बक्ताहरुले हिमालय बचाउ आन्दोलनलाई सामूहिक र ब्यापक बनाउनु पर्ने कुरामा जोड दिएका थिए । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी प्रमुख बक्ता रहेको गोष्ठीमा जलबायु परिवर्तन, बिश्वब्यापी उष्णता र बिभिन्न क्षेत्रमा परेको प्रभावबारे दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पि के संकरालिंघम, प्रा.डा. पारस पोखरेल र प्रा.डा. पशुपती चौधरीको बिशेष प्रस्तुती रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखा सभापति पुरुषोत्तम घिमिरेको सभापतित्व र बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा शान्ति समाजका सभापति उत्तम पुडासैनीले नदी सफाई अभियान र फोहोर ब्यवस्थापन बारे प्रकाश पार्नु भएको थियो । डा. बिकास शाहको मन्तब्यबाट प्रारम्भ भएको गोष्ठीमा समाजका महासचिव सुशिल बस्नेतले १० बुँदे अवधारणा प्रस्तुत गर्नुका साथै समाजको अभियान बारे बरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी गराउनु भएको थियो । कबि अर्जुन पराजुलीले बातावरण संरक्षण लगायतका बिषयमा कबिता सुनाउनु भएको गोष्ठीमा प्राध्यापक, डाक्टर, स्वास्थ्य कर्मी, चिकित्सा शास्त्रका बिद्यार्थीहरु लगायत बिभिन्न क्षेत्रका २०० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

बातावरण बिनासका पछाडि भ्रष्टाचार प्रमुख कारण

प्रेस विज्ञप्ति
बातावरण बिनासका पछाडि भ्रष्टाचार प्रमुख कारण
मानव अधिकार तथा शान्ति समाजद्वारा संचालित बातावरणीय अभियानका क्रममा फागुन १७ गते दिउसो धनकुटा सदरमुकाममा नागरिक सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नागरिक अगुवा डा. देबेन्द्रराज पाण्डेले बातावरण बिनासका पछाडि भ्रष्टाचार एक प्रमुख कारण रहेको धारणा ब्यक्त गर्नुभयो । सभामा बोल्दै अर्का नागरिक अगुवा कृष्ण पहाडीले एकातिर भ्रष्टाचार र अर्कोतिर दण्डहिनता बढ्दै गएकाले आम नागरिकमा निरासा बढ्न थालेको बताउनु भयो । लोकतन्त्रलाई जोगाउने हो भने आरोपित नेताहरुलाई कानूनको दायरामा ल्याई कारवाही सुनिश्चित गर्न ढिलो गर्न नहुने धारणा ब्यक्त गर्नुभयो ।
शान्ति समाज धनकुटा शाखाका सभापति घनेन्द्र कुमार सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनी, बरिष्ट उपसभापति गोबिनद खनाल, महासचिव सुशिल बस्नेत र थिरेन्द्र बहादुर लिम्बुले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभामा कबि अर्जुन पराजुली, सुदेश सत्याल र केजी सुब्बाले बिकृती र बिसंगतिमाथी प्रहार गर्दै कबिता सुनाउनु भएको थियो ।

तेह्रथुम कारागारलाई खेलकुद सामग्री प्रदान

प्रेस विज्ञप्ति
तेह्रथुम कारागारलाई खेलकुद सामग्री प्रदान
मानव अधिकार तथा शान्ति समाजका तर्फबाट तेह्रथुम कारागारलाई रु. ११ हजार मुल्यको खेलकुद सामग्री प्रदान गरिएको छ ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले उक्त सामग्री फागुन १७ गते बिहान कारागारका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । स्मरणीय छ ३० बर्ष अगाडि जनआन्दोलनका दौरान २०४६ चैत्रमा पहाडी एक महिना बढी उक्त कारागारमा थुनिनु भएको थियो ।
फागुन १७ गते तेह्रथुममा हिमालय बचाउ नदी जोगाउ शिर्षकमा नागरिक सभा सम्पन्न भएको छ । सभाका बक्ताहरुले बातावरण संरक्षणका पक्षमा धारणा राख्नुका साथै देशमा ब्याप्त भ्रष्टाचार र दण्डहिनताको ब्यापक बिरोध गरेका थिए । शान्ति समाज तेह्रथुम शाखा सभापति लक्ष्मीनारायण मित्रश्रको सभापतित्वमा सम्पन्न नागरिक सभामा नागरिक अगुवाहरु डा. देबेन्द्रराज पाण्डे, कृष्ण पहाडी, समाजका सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, तेह्रथुम शाखा कोषाध्यक्ष विमला श्रेष्ठ, पुर्व सांसदरु तेजमान तुम्वाहाम्फे, पुर्वी शेर्पा लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने नागरिक अगुवा अर्जुन पराजुली र छन्दकवि सुदेश सत्यालले कबिता सुनाउनु भएको थियो ।