कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष

प्रेस विज्ञप्ति
कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष
मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ स्थापना गरेको छ । सुप्रसिद्ध समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा÷प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गरेका एक जना व्यक्तित्वलाई रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित प्रदान गरिने छ । यसका लागि अक्षय कोष स्थापनार्थ पहाडी परिवारबाट रु. १० लाख नगद प्राप्त भएको छ । शान्ति समाज पहाडी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछ । पुरस्कार छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल, महासचिव सुशिल बस्नेत र शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे सम्मिलित छनौट समिति गठन गरिएको छ ।
स्मरणीय छ समाजसेवी पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको जन्म भएको थियो ।
यसैगरी पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्ला स्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागी लाखौ मुल्यको ४ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो ।
समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता स्व.पद्म प्रसाद दाहाल र आमा स्व. कृष्ण कुमारी दाहालको स्मृतिमा सेवा पुरस्कार स्थापनार्थ अक्षय कोष का लागी दाहाल प्रतिष्ठान लाई रु १० लाख र बिराट साहित्य संगम लाई पत्नी राधादेवी दाहालको स्मृतिमा रु १ लाख प्रदान गर्नुभएको थियो । यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समुह बिराटनगरलाई रु ५ लाख प्रदान गर्नुभएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरुको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले रु. २ लाख प्रदान गर्नुभएको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६ माघ १९