नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा

प्रेस विज्ञप्ति
नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा
कालापानी, लिपुलेक लगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति मानव अधिकार तथा शान्ति समाज तिव्र आपत्ति प्रकट गर्दै नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गर्दछ । विगत ६ दशक देखी नेपालको कालापानी भूमी माथि भएको भारतीय अतिक्रमणलाई सच्याउनु पर्नेमा पुन पुरानै गल्ती दोहोर्याउदै त्यस्तो नक्सा प्रकाशित गर्नु दुर्भाग्यपूर्ण छ । भारतको यस्तो गल्तीले नेपाल भारतबीच विद्यमान सौहार्दपूर्ण, सुमधुर एवं नागरिक स्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने देखिन्छ । तसर्थ उक्त गल्तीलाई शिघ्र सच्याउँदै नेपाली भूभाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।
ऐतिहासिक सत्यलाई लत्याउँदै पुरानै गल्तीलाई निरन्तरता दिँदा दक्षिण एशियामा भारत एक्लिएर जान सक्ने संभावनाप्रति भारत सरकार गम्भीर बन्नुपर्छ । यसैगरी नेपाली भूभागको संवेदनशिल विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्री स्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन शान्ति समाज आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७६/०७/२१