मानवता, करुणा, परोपकारका विषयमा कविता

मानवता, करुणा, परोपकारका विषयमा कविता

मानवता, करुणा, परोपकारका विषयमा कविता
दशैंको बिदाई र दिपावली तिहार, छठ लगायत पर्वहरुकोे स्वागत गर्दै शान्ति र सद्भावको कामना सहित ८४ औँ शान्ति काव्य प्रवाह २०७६ असोज ३० गते काठमाण्डौँमा सम्पन्न भएको छ । काव्य प्रवाहमा कविहरुले मानवता, करुणा, परोपकारका विषयमा कविता वाचन गरेका थिए । मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले र सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गर्नुभएको थियो ।
काव्य प्रवाहमा कविहरु डा.जीवन अधिकारी, मदनराज थापा, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, पुनम घिमिरे, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणी दाहाल, मुकुन्द पौडेल, मेनका पोख्रेल आचार्य, दुर्गा किरण तिवारी, कल्पना काफ्ले, प्रिति कौर, शान्ति शर्मा, उर्मिला पन्त पाण्डेय, कुसुम शर्मा, कौशिला रिसाल, रश्मि रिमाल, लक्ष्मी एडी, रुद्र अधिकारी, भुवन शिवाकोटी, डिल्लीप्रसाद मूलतिहुन, शिवराम खड्का, अच्युत प्रसाद पौडेल, जनार्दन अधिकारी, अतृप्त पाण्डेय, गणेशप्रसाद खतिवडा, रविन्द्र आशिष शैली, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश बस्नेत गफाडी, रविन्द्र ढुंगेल, टि एन भट्ट, टेकबहादुर लौडारी र कृष्ण पहाडी सहित ३९ जना कविहरुले कविता वाचन गर्नुभएको थियो ।

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्व.राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरि दुईवटा पुरस्कार स्थापना गरेको छ । श्रष्टा सम्मान पुरस्कार अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुईजना श्रष्टा (एक महिला र एक पुरुष) लाई जनही रु. २० हजार नगद र सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. दाहालद्वयका पनातिनी तथा नातिनीहरु अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले रु. ३ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ । कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ ।
पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरु होमकान्त चौलागाईं, डा.गंगाधर अधिकारी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।