दाहाल प्रतिष्ठानद्वारा पुडासैनी सम्मानित

दाहाल प्रतिष्ठानद्वारा पुडासैनी सम्मानित

सामाजीक सेवाका क्षेत्रमा सकृय संस्था दाहाल प्रतिष्ठानले मानव अधिकार लगायत सामाजीक अभियानका क्षेत्रमा योगदान पुर्याए बापत मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीलाई आज २०७६ असोज १७ गते बिराटनगर स्थित दाहाल प्रतिष्ठानको केन्द्रिय कार्यालयमा एक बिशेष कार्यक्रम माझ सम्मानित गरेको छ ।
सम्मान कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै सम्मानित ब्यक्तित्व शान्ति समाजका सभापति उत्तम पुडासैनीले दाहाल प्रतिष्ठान जस्तो गरिमामय संस्थाका तर्फबाट सम्मानित भैरहँदा सामाजीक क्षेत्रमा सकृय रहने प्रेरणा अरु बढेको बताउनु हुँदै जीबन र जगत बचाउँदै नेपाल र नेपालीको आत्मसम्मान जोगाउन निरन्तर सकृय रहने प्रण गर्नुभएको थियो । उहाँले वाग्मती सफाई अभियानका अनुभवहरु तथा लागू औषध बिरुद्धको अभियान, भ्रष्टाचार बिरुद्धको अभियान तथा बिश्वब्यापी उष्णताबाट सिर्जित समस्या कमगर्ने सन्दर्भमा शान्ति समाजले अघि सारेका अभियान सम्बन्धमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शालिकराम दाहाल र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनाल समेतले धारणा राख्नु भएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७६ असोज १७