श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

प्रेस विज्ञप्ति
श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबाट बिपक्षी पार्टीका नेताहरुमाथी भएको श्रृंखलाबद्ध सांघातिक आक्रमणको प्रयासप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । २०७६ असोज १२ गते तनहुँ जिल्लाको ऋषिङमा एक कार्यक्रममा जाने क्रममा पूर्वमन्त्री तथा नेपाली कांगेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताबाट भएको सांघातिक आक्रमणको प्रयासको शान्ति समाज निन्दा गर्दछ । फरक विचार राख्ने राजनीतिक दल र व्यक्तिहरुप्रति सत्तारुढ दलका कार्यकर्ताहरुबाट भएको निरन्तर असहिष्णु चरित्रले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ जुन संविधान प्रदत्त नागरिक अधिकार र आधारभूत स्वतन्त्रता माथिको प्रहार पनि हो । डा. मिनेन्द्र रिजालद्वारा शिलन्यास हुने भनिएको कार्यक्रम बिथोल्ने उदेश्यले ठाउँ ठाउँमा अवरोध खडा गर्दै सांघातिक आक्रमणको जुन प्रयास नेकपाका कार्यकर्ताबाट भएको छ, यसले सत्तारुढ दलभित्र मौलाएको सर्बसत्ताबाद चरित्रको पर्दाफास गरेको छ ।
निरन्तर भैरहेका यस प्रकारका आक्रमणले समाजमा भयको बातावरण सिर्जना भएको तर्फ शान्ति समाजको गम्भिर ध्यानाकर्षण भएको छ । अत ः यस घटनामा संलग्न दोषीहरुमाथि कानुन सम्मत कारबाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७६ असोज १३