श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा

प्रेस विज्ञप्ति
श्रृंखलाबद्ध आक्रमणको प्रयासको निन्दा
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबाट बिपक्षी पार्टीका नेताहरुमाथी भएको श्रृंखलाबद्ध सांघातिक आक्रमणको प्रयासप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ । २०७६ असोज १२ गते तनहुँ जिल्लाको ऋषिङमा एक कार्यक्रममा जाने क्रममा पूर्वमन्त्री तथा नेपाली कांगेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताबाट भएको सांघातिक आक्रमणको प्रयासको शान्ति समाज निन्दा गर्दछ । फरक विचार राख्ने राजनीतिक दल र व्यक्तिहरुप्रति सत्तारुढ दलका कार्यकर्ताहरुबाट भएको निरन्तर असहिष्णु चरित्रले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ जुन संविधान प्रदत्त नागरिक अधिकार र आधारभूत स्वतन्त्रता माथिको प्रहार पनि हो । डा. मिनेन्द्र रिजालद्वारा शिलन्यास हुने भनिएको कार्यक्रम बिथोल्ने उदेश्यले ठाउँ ठाउँमा अवरोध खडा गर्दै सांघातिक आक्रमणको जुन प्रयास नेकपाका कार्यकर्ताबाट भएको छ, यसले सत्तारुढ दलभित्र मौलाएको सर्बसत्ताबाद चरित्रको पर्दाफास गरेको छ ।
निरन्तर भैरहेका यस प्रकारका आक्रमणले समाजमा भयको बातावरण सिर्जना भएको तर्फ शान्ति समाजको गम्भिर ध्यानाकर्षण भएको छ । अत ः यस घटनामा संलग्न दोषीहरुमाथि कानुन सम्मत कारबाही गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७६ असोज १३

डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह/बाँके घटनाको निन्दा

डेंगुको प्रकोप देशभरी बढ्दै गएकोमा मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ । २०७६ भदौ २८ गते काठमाण्डौँमा बसेको शान्ति समाज केन्द्रिय कार्यसमितिको बैठकले डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेकोमा दुःख व्यक्त गर्दै डेंगु नियन्त्रणका लागि व्यापक अभियानसहित ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै सरसफाई अभियानलाई तिव्रता दिन सम्बन्धीत सबै निकायहरुलाई पनि आग्रह गरिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले केही दिन अघि बाँके जिल्लामा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यक्रम सभाकक्षमा पसि गरेको हुल हुज्जत र सांघातिक आक्रमणको निन्दा गरेको छ । उक्त घटनामा संलग्न दोषिहरुलाई शिघ्र कारबाही गरी भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न पनि सरकारलाई शान्ति समाजले आग्रह गरेको छ ।
बैठकले मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने नारासहित युवा केन्द्रित अभियानलाई तिव्रता दिँदै विभिन्न अभियानहरु अघि बढाउने समेत निर्णय गरेको छ ।
समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रिय कार्यसमिति बैठकमा सल्लाहकार डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिहरु विष्णुप्रसाद चापागाई र रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, बाबुहरी आचार्य, परमानन्द चौधरी, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्यहरु विकास थापा, रामप्रसाद जोशी, मीना ढकाल, गीता तिमल्सिना, अञ्जु गौतम, सरस्वती ढकाल, नम्रता खरेलसहित २१ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

 

आँखा रसाउने कविता/दुई पुस्तक लोकार्पण
कवि भुवन शिवाकोटी चौघरेद्वारा लिखित प्रणयको गहिराई र नच्यातिएको आकाश नामक दुई कविता संग्रह लोकार्पण गरिएको छ । २०७६ भदौ २६ गते मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौँमा आयोजित शान्ति काव्य प्रवाहको ८३ औँ कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले दुवै पुस्तकहरु लोकार्पण गर्नुभएको हो ।
काव्य प्रवाहमा कवि रत्ननिधि रेग्मी शुक्राचार्यले ‘मुस्कानको आत्मकथा’ शिर्षकमा महिलामाथि भएका एसिड प्रहार, हिंसा र अत्याचार विरुद्ध कविता प्रस्तुत गर्दा सहभागिहरुका आँखा रसाएका थिए । कविताको पहिलो अंश यस्तो रहेको छ ः
“मेरो आत्मकथा म भन्छु अहिले सुन्नोस् सबै सज्जन, मेरो देह समाप्त गर्दछु भनी निस्क्यो कुनै दुर्जन
मेरो रुप विरुप पार्न उसले छ्यापी दियो एसिड, मुर्छामा म परे, जले, जलिरहे जल्दै छु ऐलेतक”
३१ जना कविहरुले रचना प्रस्तुत गरेको काव्य प्रवाहको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले गर्नुभएको थियो । काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, डा.जीवन अधिकारी, मदन कार्की, ऋचा, शान्ति रिसाल, मञ्जुश्री प्रधान, पुनम घिमिरे, मुकुन्द पौडेल, गंगा कर्माचार्य पौडेल, उर्मिला पन्त पाण्डेय, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, विजयध्वज थापा, राजेन्द्रप्रसाद ढुंगाना, डिल्लीप्रसाद मूलतिहुन, शिवराम खड्का, अच्युत प्रसाद पौडेल, जनार्दन अधिकारी, अतृप्त पाण्डेय, अशोक घिमिरे, चन्द्र श्री कार्की, गगनदीप सर्व, निर्मल पराजुली, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश बस्नेत गफाडी, एन, वि जनकपुरी लगायतको सहभागिता रहेको थियो ।