सत्ताद्वारा सार्वभौमसत्तामाथि भएको खेलवाड विरुद्ध अर्को अभियान

सत्ताद्वारा सार्वभौमसत्तामाथि भएको खेलवाड विरुद्ध अर्को अभियान

मानव अधिकार तथा शान्ति समाजद्वारा ‘युद्ध होइन शान्ति : शत्रुता होइन मैत्री’ विषयक अन्तरक्रिया कार्यक्रम २०७५ फागुन २८ गते काठमाण्डौँमा सम्पन्न भएको छ । भारत र पाकिस्तानबीच पुन तनाव चुलिदैँ गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति समाजले युद्ध निषेध शान्ति विशेष अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालले राजनीतिमा व्याप्त उन्मादी चरित्रले भारत पाकिस्तान तनाव झनै बढेको भन्दै शान्तिको पक्षमा र युद्धको विरोधमा नागरिक स्तरबाट निरन्तर अभियान चलाइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारीले युद्धको मूल कारण पहिचान गरि शान्तिका लागि पहल तिव्र बनाउनुपर्नेमा जोड दिनुभयो । शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव रत्नलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष रामकृष्ण बरालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युद्ध निषेध ः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको शान्ति समाजले पछिल्लो चरणमा विकसित घटनाक्रम पश्चात सत्ताद्वारा सार्वभौमसत्तामाथि भएको खेलवाड विरुद्ध अर्को अभियान थालिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो । सो अभियान अन्तर्गत फागुन २९ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि दिउँसो १ बजे प्रदर्शन आयोजना गरिएको छ ।