पाकिस्तान – आतंकवादीलाई आश्रय दिन बन्द गर÷भारत – सार्कलाई सक्रिय बनाउन योगदान गर

प्रेस विज्ञप्ति
पाकिस्तान – आतंकवादीलाई आश्रय दिन बन्द गर÷भारत – सार्कलाई सक्रिय बनाउन योगदान गर

सन् २०१९ को फेब्रुवरी १४ मा कास्मिरको पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सुरक्षा निकाय सीआरपीएफका ४४ भन्दा बढीको मृत्यु पश्चात भारत–पाकिस्तानबीच बढ्दो तनावले दक्षिण एशियाको शान्ति खलबलिएको छ । मानव अधिकार तथा शान्ति समाजले सदैव आतंकवादको निन्दा गर्दै आएको छ । शान्ति समाज पुन एक पटक पाकिस्तान समक्ष आग्रह गर्दछ– आतंकवादीलाई आश्रय दिन बन्द गर । यसैगरी भारत समक्ष आग्रह गर्दछ – दक्षिण एशियाली सहयोग संगठन सार्कलाई सक्रिय बनाउन योगदान गर ।
शान्ति समाजले सदैव युद्धको विरुद्धमा र शान्तिको पक्षमा अभियान सञ्चालन गर्दै रचनात्मक संवादमा जोड दिँदै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारत र पाकिस्तानबीचको तनाव घटाउन विवेकसम्मत कदम चाल्न शान्ति समाज आग्रह गर्दछ ।
फरक प्रसंगमा शान्ति समाजद्वारा संचालित एक अभियानका क्रममा पुर्व घोषित ३ वटा धर्ना मध्ये संघीय संसद भवन अगाडि फागुन २२ र २९ गते गर्ने भनिएको धर्ना पछिल्ला केही घटनाक्रमका कारण स्थगन गरिएको छ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
फोन ः ९८५११७५१११
मिति ः २०७५ फागुन १९

शान्ति समाजको अभियान जारी/२३ अधिकारकर्मी गिरफ्तार [HURPES protest demonstration held in Kathmandu 27 February where 23 rights activists arrested. ]

ठूला नेता मिलेका साढे चार अर्व निलेका
समाजबादको ठोक्रोमा तिखो वाण भिरेका

नेता सँग धोक्रो छ नारा तिनको खोक्रो छ
जनतालाई कोक्रोमा वानी उही थोत्रो छ

नेतालाई अनुदान आसेपासे उपदान
जनतालाई श्रमदान देश भयो जिल्लाराम

वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत आयोजित तेस्रो धर्ना प्रदर्शनमा सहभागि अधिकारकर्मीहरुले यस्तो भाव व्यक्त गरेका थिए । धर्नाबाट प्रहरीले ५महिलासहित २३ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । २०७५ फागुन १५ गते संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाल, अधिकारकर्मीहरु डा. सुरेन्द्र भण्डारी, जगन्नाथ पुडासैनी, चन्द्रमणी बञ्जारा, ईश्वर पुडासैनी, विपी पौडेल, उमा गौतम, ईश्वरा लिङदेन, सुमित जिसी, ज्ञानेन्द्र शाही, अमृतजंग महत, अविशेक अग्रहरी, उत्तमकुमार थापा, भिमबहादुर मगर, लोकेन्द्र पोख्रेल, सुवास भण्डारीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्रमा राखिएको छ ।
ठूला नेता मिलेका : साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाइ धर्ना प्रारम्भ भएको थियो ।

फागुन महिनामा ३ वटा धर्ना प्रदर्शन गरिने/हिंसात्मक घटना निन्दनीय

प्रेस विज्ञप्ति
फागुन महिनामा ३ वटा धर्ना प्रदर्शन गरिने/हिंसात्मक घटना निन्दनीय

२०७५ फागुन १० गते राति देशका विभिन्न भागमा भएका विष्फोटनका घटनाहरु निन्दनीय छन् । विष्फोटनमा परि एक जनाको मृत्यु र केही नागरिक घाइते भएका छन् । नागरिकहरुलाई त्रसित बनाउने र ज्यान लिने यस्ता आततायी कृत्यको मानव अधिकार तथा शान्ति समाज भत्र्सना गर्दछ र दोषीलाई कानुन सम्मत दण्डीत गरि हिंसालाई निरुत्साहीत गर्न शान्ति समाज सरकारलाई आग्रह गर्दछ ।
फरक प्रसंगमा ः संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित अभियानका क्रममा विगतमा काठमाण्डौँमा दुई वटा धर्ना र जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने लगायत अन्तरक्रिया, नागरिक सभाहरु सम्पन्न भइसकेका छन् । तर संसदलाई ढाट्ने मन्त्रीलाई वर्खास्त गर्ने इच्छाशक्ति प्रधानमन्त्रीमा देखिएन । तसर्थ मानव अधिकार तथा शान्ति समाजले २०७५ फागुन १५, २२ र २९ गते दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्र अगाडि थप ३ वटा धर्ना आयोजना गर्न गइरहेको छ । धर्ना प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुको सहभागिता रहने छ । यसैगरी देशका विभिन्न भागहरुमा दबाबमुलक कार्यक्रमहरु निरन्तर रहने छ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
फोन : ९८५११७५७७७
मिति : २०७५ फागुन ११

पाल्पाका एक दर्जन शैक्षिक प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न /४ वटा अभियान निरन्तर

पाल्पाका एक दर्जन शैक्षिक प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न /४ वटा अभियान निरन्तर
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा पाल्पा जिल्लाका एक दर्जन शैक्षिक प्रतिष्ठानहरुमा शान्ति हाम्रो अधिकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७५ फागुन ५ गते तानसेन बहुमुखी क्याम्पस, पाल्पा बहुमुखी क्याम्पस, श्री पद्य पब्लिक नमुना मा.वि, श्री मोहन कन्या मा.वि, श्री महेन्द्र बोधि मा.वि, प्यारागन बोडिङ स्कुल, पाल्पा आवासीय मा.वि, देववाणी संस्कृत तथा साधारण विद्यालय, श्री वृन्द्रावन मा.वि, श्रीनगर कलेज, होराइजन मा.वि र सेन मा.वि मा सम्पन्न अन्तरक्रियाहरुमा शान्ति समाज केन्द्रीय तथा जिल्ला कार्यसमितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमहरुमा शान्ति समाजका तर्फबाट तयार गरिएको शान्ति हाम्रो अधिकार विषयक अवधारणापत्र प्रस्तुत गरिएको थियो ।
शान्ति समाजद्वारा हाल देशव्यापी रुपमा ४ वटा अभियानहरु सञ्चालन भइरहेको छ । शान्ति संस्कृति प्रवद्र्धनका लागि विद्यालय केन्द्रीत अभियान अन्तर्गत पाल्पा जिल्लामा एक दर्जन कार्यक्रम आयोजना भएको हो । यसैगरी लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियानका क्रममा युवा पुस्ता केन्द्रीत कार्यक्रम अन्तर्गत फागुन ३ गते चितवनको भरतपुर गौरीगञ्जस्थित पोलार स्टार मा.वि र माघ महिनामा काठमाण्डौँ गोकर्णेश्वर मनहरास्थित ब्रम्हकुञ्ज मा.वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कारागारको अवस्था सुधारमा केन्द्रीत रहि सञ्चालित अभियान अन्तर्गत विभिन्न जिल्लाका एक दर्जन कारागारहरुको अनुगमन कार्य सम्पन्न भएको छ । यस सम्बन्धी प्रतिवेदन वैशाख महिनामा सार्वजनिक गरिने छ ।
साथै वाइड बडी जहाज खरिद प्रकरणमा संसदमा झुठो बोल्ने मन्त्री रविन्द्र अधिकारीको वर्खास्तगी र सो प्रकरणमा मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने आग्रहसहित धर्ना प्रदर्शन लगायत जिल्ला जिल्लामा नागरिक सभा÷अन्तरक्रिया कार्यक्रम निरन्तर रहेको छ ।

सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा शान्ति समाजको कार्यक्रम

सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा शान्ति समाजको कार्यक्रम


मानव अधिकार तथा शान्ति समाजद्वारा सुशासनका पक्षमा भ्रष्टाचारका विरुद्धमा केन्द्रीत रहि सञ्चालित अभियान अन्तर्गत अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न भएको छ । २०७५ फागुन ६ गते अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति उत्तम पुडासैनीले वाइड बडी जहाज खरिद प्रकरणमा मुल दोषीहरुलाई कारबाही हुनुपर्ने र संसदमा झुठो बोल्ने मन्त्री रविन्द्र अधिकारीलाई तत्काल वर्खास्त गर्नुपर्ने आग्रहसहित शान्ति समाजले अभियान सञ्चालन गरिरहेको बताउँदै सरकार यसरीनै उदासिन रहिरहने हो भने यहि अभियान शसक्त आन्दोलनमा बद्लिने बताउनुभयो ।
महिला र बालबालिकाको सुरक्षाका विषयमा समेत केन्द्रीत रहि आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाज अर्घाखाँची शाखाका सभापति अशोक पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुषाल, उपप्रमुख ठाकुरप्रसाद वि.क, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल, नेकपाकी छमकुमारी खनाल, जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, महिला नेतृ संगिता वेलवासे, पत्रकार महासंघका जिल्ला सभापति हिमबहादुर जिसी, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य मीना ढकाल लगायत वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी फागुन ६ गते कपिलवस्तुको वाणगंगामा सुशासन र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि गुल्मीको तम्घासमा फागुन ५ गते आयोजित कार्यक्रममा समाजका सभापति उत्तम पुडासैनी, वरिष्ठ उपसभापति गोविन्द खनाल नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपाका वीरवहादुर कार्की, अधिकारकर्मीहरु विष्णु सापकोटा, विष्णु भण्डारी, जनार्दन घिमिरे लगायत वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै फागुन ४ गते पाल्पामा नागरिक सभा सम्पन्न भएको थियो । यो अभियानका क्रममा शान्ति समाजले जिल्ला जिल्लामा नागरिक सभाहरु आयोजना गर्दैछ ।

भ्रष्टाचार बिरुद्धको अभियान तिब्र बनाईने

भ्रष्टाचार बिरुद्धको अभियान तिब्र बनाईने
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा फागुन ४ गते पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ । सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै अरवौका भ्रष्टाचार प्रकरणहरु देखिदैँ गएको र त्यस विरुद्ध कारबाही गर्न सरकार उदासिन भएका कारण उक्त प्रकरणहरुका मूल दोषीहरुमाथी कारबाही सुनिश्चित गर्न सामुहिक आन्दोलनको आवश्यक भएको बताउनुभएको छ ।
सो अवसरमा प्रदेश सभा साँसद बीरबहादुर रानाले शान्ति समाजको भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफूलाई राजनीतिक दलको ह्वीपले गाँजेको भएता पनि शान्ति समाजलाई कुनैपनि ह्वीपले छेक्न नसक्ने हुँदा कुशासन र भ्रष्टाचारका सवालमा निर्धक्कसंग अघि बढ्न आग्रह गर्नुभएको थियो । नागरिक सभामा मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले फोहोरको डुंगुरभित्र स्वाभिमान र आत्मसम्मान हराउने खतरातर्फ संकेत गर्नुहुँदै पाल्पा र कालिगण्डकी नदीमा बढ्दो फोहोरको नियन्त्रणमा पाल्पालीलाई आग्रह गर्नुभएको थियो ।
पाल्पा जिल्ला शाखा सभापति नारायण प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको नागरिक सभामा नेकपाका नेता धनेन्द्रराज घिमिरे, रा.प्र.पा. पाल्पाका अध्यक्ष रेवन्तबहादुर बिष्ट, शान्ति समाजका बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, सचिवहरु कृष्णबहादुर रावल र टेकबहादुर सार्की, केन्द्रिय सदस्य मीना ढकालले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, त्रिभुवन क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौडेलले समेत सुशासन र नागरिक दायित्व बिषयमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । पाल्पा शाखाका उपसभापति अरुण ज्ञवालीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको उक्त नागरिक सभामा रमा पन्त वालीले धन्यबाद ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन शाखा सचिव रेनुका देवकोटाले गर्नुभएको थियो ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजको १३८ औं केन्द्रिय समितिको बैठक फागुन ४ गते साँझ पाल्पामा सम्पन्न भएको छ । बैठकले वाईडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार विरुद्ध शान्ति समाजले अभियान संचालन गरिरहेको सन्दर्भमा सरकार झनै उदासिन देखिएकोले यस अभियानलाई जिल्ला जिल्लामा अझै तिब्र बनाईने निर्णय गरेको छ ।
यसअघि फागुन ४ गते बिहान शान्ति समाजको एक टोलीले नदी सफाईको नियमित श्रृंखला अन्तर्गत काली गण्डकी किनार स्थित रानी महल परिसर र रानी महल छेउ रहेको कालीगण्डकी नदी सफाई कार्यक्रम समेत संचालन गरेको थियो । सफाईबाट संकलित फोहोर स्थानीय सुरक्षाकर्मिलाई जिम्मा लगाउँदै रानी महल सुरक्षार्थ खटिएका प्रहरीहरुलाई रानी महल परिसरमा फोहोर गर्न नदिन बिशेष ब्यवस्था मिलाउन आग्रह समेत गरिएको थियो ।

चितवनमा अन्तरकृया

चितवनमा अन्तरकृया
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा फागुन ३ गते शुक्रबार चितवन जिल्लाको भरतपुर स्थित गौरीगन्जमा अवस्थित पोलार स्टार इङ्गलिस मा.बि.का बिद्यार्थीहरुको लागि बाल अधिकार, बातावरण बचाउ र लागू औषध दुब्र्यसन बिरुद्ध अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। ७२ जना बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल र काठमाडौं शाखाका का.वा. सभापति जगन्नाथ पुडासैनीले बिभिन्न बिषयमा बिद्यार्थीहरुसंग अन्तरकृया गर्नुभएको थियो ।
शान्ति समाज चितवन शाखाका सभापति काशीराम गिरीले संचालन गर्नुभएको कार्यक्रममा समाजका सचिव बाबुहरी आचार्य, केन्द्रिय सदस्य नम्रता पौडेल तथा अधिकारकर्मी बिश्वराज बास्तोलाको उपस्थिति थियो ।

बलात्कार र ब्यभिचार बिरुद्ध आक्रोश

बलात्कार र ब्यभिचार बिरुद्ध आक्रोश
चिसो माघे झरिलाई स्वागत गर्दै कविहरुले बलात्कार र ब्यभिचारका बिरुद्ध कविता मार्फत आफ्ना अभिब्यक्तिहरु प्रस्तुत गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काव्य प्रवाहको ७६ औँ श्रृंखला अन्तर्गत २४ माघ २०७५ मा काठमाण्डौँमा सम्पन्न भएको कार्यक्रममा २९ जना कबिहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न ७६ औँ शान्ति काव्य प्रवाहमा कोषाध्यक्ष रामकृष्ण बरालले कार्यक्रम संचालन गर्नुभएको थियो भने कविहरु ज्ञानुवाकर पौडेल, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, शारदा पराजुली, कल्पना काफ्ले, अतृप्त पाण्डे, बाबुराम लामिछाने, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, डा. जीबन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, पुन्य गौतम विश्वास, गगनदीप सर्व, भाग्यशाली अधिकारी, रविन्द्र आशिस शैली, बिजयध्वज थापा, त्रिपुरा पौडेल, दुर्गा तिवारी, प्रिती कौर, जसध्वज गुरुङ्ग, निर्मल पराजुली, रुद्र अधिकारी, ओमप्रसाद कोईराला, पुस्कर भट्टराई र अनिता यात्री सहित २९ जना कविहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।