प्रदर्शनबाट २१ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति : ठूला नेता मिलेका साढे ४ अरब निलेका÷प्रदर्शनबाट २१ अधिकारकर्मी गिरफ्तार

संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७५ माघ ८ गते दिउँसो संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको छ । धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा काठमाण्डौँ शाखा का.वा. सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदेव अधिकारी, वि.पी पौडेल, बाबुराम न्यौपाने, रुपा गिरी, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी, किरण ढकाल, विनित अर्याल, ईश्वरी नेपाल, नरायण श्रेष्ठ, अमृतजंज बस्नेत हुनुहुन्छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा अधिकारकर्मीहरुले ठूला नेता मिलेका ः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार ः साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार ः मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७५ माघ ८

९ जना महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ

९ जना महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ

प्रेस विज्ञप्ति
९ जना महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ
संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत आयोजित दोस्रो धर्ना प्रदर्शनबाट प्रहरीले ९ जना महिलासहित ३२ जना अघिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । २०७५ माघ १६ गते संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आर सी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो ः नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन् ः नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका ः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार ः साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार ः मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए ।

शान्ति समाजद्वारा सञ्चालित यस अभियानका क्रममा पहिलो धर्ना माघ ८ गते काठमाण्डौँमा सम्पन्न भएको थियो भने उपरोक्त आग्रहहरुमा ध्यानाकर्षण गराउँदै शान्ति समाजका दुई दर्जन जिल्ला शाखाहरुले स्थानीय प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

समाजका तर्फबाट

सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७५ माघ १६

जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रेस विज्ञप्ति

जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वाइड बडी जहाज खरिद प्रकरणमा संसदलाई ढाट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग विगतका सरकारहरुले र पछिल्लो पटक प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकार समेतले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रम शुरु भएको छ । यस क्रममा २०७५ माघ २ र ३ गते शान्ति समाजका अर्घाखाँची, तेह्रथुम, ललितपुर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बाँके, रुपन्देही र दाङ गरी ७ वटा जिल्ला शाखाका प्रतिनिधिमण्डलले स्थानीय जिल्ला प्रशासन कार्यालय÷इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सो क्रममा सम्बन्धीत प्रमुख जिल्ला अधिकारीहरुले उक्त ज्ञापनपत्र शिघ्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताउनुभएको छ । यसअघि माघ १ गते डा. गोविन्द केसी अनसनरत इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै यो अभियान शुरु भएको थियो ।
यसैगरी मानव अधिकार तथा शान्ति समाजको आयोजनामा उपरोक्त दुई बुँदे आग्रहसहित माघ ८ गते मंगलबार दिउँसो १ बजे संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन आयोजना गरिएको छ ।
समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति ः २०७५ माघ ३

कारागार अनुगमन अभियान प्रारम्भ

प्रेस विज्ञप्ति
कारागार अनुगमन अभियान प्रारम्भ
मानव अधिकार तथा शान्ति समाजले कारागार अनुगमन अभियान प्रारम्भ गरेको छ । यस क्रममा हालै दाङ तुल्सीपुर, अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम, संखुवासभा, र दाङ घोराहीस्थित ५ वटा कारागारहरुको मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाहरुले अनुगमन गरेका छन् । कारागारहरुमा क्षमताभन्दा अत्याधिक बढी बन्दी रहेको पाइएको छ । कारागार अनुगमन सम्बन्धी विस्तृत प्रतिवेदन शान्ति समाजले २०७६ वैशाखमा सार्वजनिक गर्नेछ ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग विगतका सरकारहरुले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियानका क्रममा जिल्ला जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा कास्की, धनकुटा, कैलाली, पाल्पा, सुर्खेत, संखुवासभा, चितवन गरी थप ७ जिल्ला शाखाका प्रतिनिधिमण्डलले स्थानीय जिल्ला प्रशासन कार्यालय÷इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । हालसम्म १५ जिल्लाबाट ज्ञापनपत्र बुझाइसकिएको छ ।
यसै अभियानका क्रममा २०७५ माघ ८ गते मंगलबार दिउँसो १ बजे संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा शान्ति समाजले धर्ना प्रदर्शन आयोजना गर्दैछ ।
समाजका तर्फबाट

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
मिति ः २०७५ माघ ६ गते