डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह/बाँके घटनाको निन्दा

डेंगुको प्रकोप देशभरी बढ्दै गएकोमा मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ । २०७६ भदौ २८ गते काठमाण्डौँमा बसेको शान्ति समाज केन्द्रिय कार्यसमितिको बैठकले डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेकोमा दुःख व्यक्त गर्दै डेंगु नियन्त्रणका लागि व्यापक अभियानसहित ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै सरसफाई अभियानलाई तिव्रता दिन सम्बन्धीत सबै निकायहरुलाई पनि आग्रह गरिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले केही दिन अघि बाँके जिल्लामा नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यक्रम सभाकक्षमा पसि गरेको हुल हुज्जत र सांघातिक आक्रमणको निन्दा गरेको छ । उक्त घटनामा संलग्न दोषिहरुलाई शिघ्र कारबाही गरी भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्न पनि सरकारलाई शान्ति समाजले आग्रह गरेको छ ।
बैठकले मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने नारासहित युवा केन्द्रित अभियानलाई तिव्रता दिँदै विभिन्न अभियानहरु अघि बढाउने समेत निर्णय गरेको छ ।
समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रिय कार्यसमिति बैठकमा सल्लाहकार डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिहरु विष्णुप्रसाद चापागाई र रेनुका पौडेल, महासचिव सुशिल बस्नेत, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, बाबुहरी आचार्य, परमानन्द चौधरी, कोषाध्यक्ष रामकृष्ण बराल, सदस्यहरु विकास थापा, रामप्रसाद जोशी, मीना ढकाल, गीता तिमल्सिना, अञ्जु गौतम, सरस्वती ढकाल, नम्रता खरेलसहित २१ जना पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।