शान्ति समाजको अभियान जारी/२३ अधिकारकर्मी गिरफ्तार [HURPES protest demonstration held in Kathmandu 27 February where 23 rights activists arrested. ]

ठूला नेता मिलेका साढे चार अर्व निलेका
समाजबादको ठोक्रोमा तिखो वाण भिरेका

नेता सँग धोक्रो छ नारा तिनको खोक्रो छ
जनतालाई कोक्रोमा वानी उही थोत्रो छ

नेतालाई अनुदान आसेपासे उपदान
जनतालाई श्रमदान देश भयो जिल्लाराम

वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरेको अभियान अन्तर्गत आयोजित तेस्रो धर्ना प्रदर्शनमा सहभागि अधिकारकर्मीहरुले यस्तो भाव व्यक्त गरेका थिए । धर्नाबाट प्रहरीले ५महिलासहित २३ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । २०७५ फागुन १५ गते संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाल, अधिकारकर्मीहरु डा. सुरेन्द्र भण्डारी, जगन्नाथ पुडासैनी, चन्द्रमणी बञ्जारा, ईश्वर पुडासैनी, विपी पौडेल, उमा गौतम, ईश्वरा लिङदेन, सुमित जिसी, ज्ञानेन्द्र शाही, अमृतजंग महत, अविशेक अग्रहरी, उत्तमकुमार थापा, भिमबहादुर मगर, लोकेन्द्र पोख्रेल, सुवास भण्डारीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्रमा राखिएको छ ।
ठूला नेता मिलेका : साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाइ धर्ना प्रारम्भ भएको थियो ।