२१ जिल्लामा शान्ति समाजको विशेष अभियान

प्रेस विज्ञप्ति

चैत १७ गतेदेखि २१ जिल्लामा शान्ति समाजको विशेष अभियान
मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान अन्तर्गत २०७८ चैत १७ गतेदेखि २१ जिल्लामा दर्जनौ कार्यक्रम आयोजना गर्ने भएको छ । हिमालय बचाउँ : नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान र युद्ध निषेध ः शान्ति विशेष अभियानमा केन्द्रीत रहि शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा गण्डकी, लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशमा गरि दर्जनौ प्रदर्शन र कोण सभा हुन गइरहेको छ । यसैगरी विश्व शान्तिको आह्वानसहित लुम्बिनी र मुक्तिनाथमा दिप प्रज्वलनको कार्यक्रम रहेको छ ।
यो अभियान अन्तर्गत तीन वटा अवधारणापत्रहरु हजारौप्रति वितरण गरिने छ । प्रदर्शन पश्चात कोण सभाहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापति कृष्णबहादुर रावल लगायत शान्तिवादीहरुले सम्बोधन गर्नुहुने छ ।

समाजका तर्फबाट

रामकृष्ण बराल
महासचिव, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
मिति ः २०७८ चैत ११