१०३ दिनमा ४२ वटा छलफल÷छलफलको सिलसिला निरन्तर रहने

२०७३ कात्र्तिक ७ गतेबाट शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, मन्त्रीहरुसहित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटी मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफलको श्रृखला प्रारम्भ गरेको थियो ।  यसै क्रममा २०७३ माघ तेस्रो साता सम्ममा शान्ति समाजले प्रधानमन्त्री पुष्पकमल दाहालसहित वर्तमान मन्त्रीमण्डललका २८ जना सदस्यहरुसँग २९ पटक छुट्टाछुट्टै भेटी छलफल गरिसकेको छ । २९ सदस्यीय मन्त्री मण्डलमा वाणिज्य मन्त्री रोमी गौचन थकाली बाहेक सबै मन्त्रीहरुसँग छलफल सम्पन्न भएको थियो । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतसँग २ पटक परराष्ट्र मन्त्रालयमा छलफल भएको थियो । छलफलकै क्रममा सभामुख ओनसरी घर्ती, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मधेस केन्द्रीत दलका तीन जना प्रमुखहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोसहित प्रमुख राजनीतिक दलका १० जना शिर्ष नेताहरुसँग पनि यस अवधिमा शान्ति समाजको प्रतिनिधिमण्डले छलफल गरेको थियो । यसै सिलसिलामा उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटी शान्ति समाजको प्रतिनिधिमण्डलले आफ्ना अभियानहरुबारे अवगत गराएको थियो ।
वितेको १०३ दिनमा भएका यो ४२ वटा छलफलहरु बारे शान्ति समाजले नियमित रुपमा प्रेस विज्ञप्ति, फेसबुक र ट्वीटरमार्फत जानकारी गराउँदै आएको छ । उपरोक्त छलफलका क्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सिङ्गो मन्त्रीपरिषद् (एक जना अपवाद छाडेर) र प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबाट शान्ति समाजप्रति दर्शाएको आत्मीयता र हार्दिकताका लागि शान्ति समाज आभार व्यक्त गर्दछ । छलफलका क्रममा शान्ति समाजका तर्फबाट अघि सारिएको सुशासनको प्रत्याभुती, लागु औषध विरुद्धको अभियान लगायतका कार्यक्रमहरुबारे भविष्यमा पनि छलफल निरन्तर रहने छ ।