हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी

हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी

प्रेस विज्ञप्ति
हिमालय बचाउ आन्दोलनका क्रममा सुनसरीमा बृह्त गोष्ठी
जलवायु परिवर्तन र बिश्वाब्यापी उष्णताको दुष्प्रभाव र हिमालय क्षेत्रको बिनासका कारण हुनसक्ने बिस्थापनलाई रोक्न बेला छँदै गम्भिर भै आबश्यक कदम चाल्न मानव अधिकार तथा शान्ति समाजले पुन ध्यानाकर्षण गराएको छ । शान्ति समाजद्वारा हिमालय बचाउ नदी जोगाउ आन्दोलनका क्रममा फागुन १८ गते सुनसरीको धरानमा आयोजित गोष्ठीका प्रस्तोता र बक्ताहरुले हिमालय बचाउ आन्दोलनलाई सामूहिक र ब्यापक बनाउनु पर्ने कुरामा जोड दिएका थिए । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी प्रमुख बक्ता रहेको गोष्ठीमा जलबायु परिवर्तन, बिश्वब्यापी उष्णता र बिभिन्न क्षेत्रमा परेको प्रभावबारे दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पि के संकरालिंघम, प्रा.डा. पारस पोखरेल र प्रा.डा. पशुपती चौधरीको बिशेष प्रस्तुती रहेको थियो ।
मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखा सभापति पुरुषोत्तम घिमिरेको सभापतित्व र बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा शान्ति समाजका सभापति उत्तम पुडासैनीले नदी सफाई अभियान र फोहोर ब्यवस्थापन बारे प्रकाश पार्नु भएको थियो । डा. बिकास शाहको मन्तब्यबाट प्रारम्भ भएको गोष्ठीमा समाजका महासचिव सुशिल बस्नेतले १० बुँदे अवधारणा प्रस्तुत गर्नुका साथै समाजको अभियान बारे बरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी गराउनु भएको थियो । कबि अर्जुन पराजुलीले बातावरण संरक्षण लगायतका बिषयमा कबिता सुनाउनु भएको गोष्ठीमा प्राध्यापक, डाक्टर, स्वास्थ्य कर्मी, चिकित्सा शास्त्रका बिद्यार्थीहरु लगायत बिभिन्न क्षेत्रका २०० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।