शान्ति समाजले दिएका सुझावहरु सरकारले कार्यान्वयन गर्ने ः प्रधानमन्त्री दाहाल

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७३ माघ २६ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटी लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रहसहित विभिन्न विषयमा छलफल गरेको छ ।
छलफलका दौरान मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको लागु औषध÷मदिरा दुव्र्यसन रोकथाम अभियान अन्तर्गत शान्ति समाजले अघि सारेका सुझावहरु कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरुको ध्यानाकर्षण गराउदैँ लागु औषध÷ मदिरा दुव्र्यसनले महामारीको रुप लिनु अगाडि नै ठोस कदम चाल्न र समस्याको  गम्भीरतालाई मनन गरी लागु औषध÷मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको थियो ।
उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति समाजले थालेको दुव्र्यसन विरुद्धको अभियान महत्वपुर्ण भएको धारणा व्यक्त गर्दै शान्ति समाजले दिएका सुझावहरु सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेंल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी संलग्न हुनुहुन्थ्यो ।