शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना
मानव अधिकार तथा शान्ति समाजले स्व.कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र स्व.राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान गरि दुईवटा पुरस्कार स्थापना गरेको छ । श्रष्टा सम्मान पुरस्कार अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुईजना श्रष्टा (एक महिला र एक पुरुष) लाई जनही रु. २० हजार नगद र सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. दाहालद्वयका पनातिनी तथा नातिनीहरु अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले रु. ३ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ । कृष्ण कुमारी दाहाल शान्ति श्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ ।
पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरु होमकान्त चौलागाईं, डा.गंगाधर अधिकारी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापतिद्वय बिष्णु प्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।