शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक दाङमा

प्रेस विज्ञप्ति
शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक दाङमा÷ सिमा अतिक्रमणको विरोधसहित ९ वटा प्रस्ताव
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक २०७६ मंसिर २७–२८ गते दाङको तुल्सिपुरमा आयोजना हुने भएको छ । मानव अधिकार आन्दोलनको गन्तव्य ः लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित आयोजना हुन गइरहेको राष्ट्रिय परिषद् बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभागीय संयोजकहरु, समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता हुने भएको छ ।
राष्ट्रिय परिषद् बैठकमा सिमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाँउ आन्दोलन, लागू औषध÷मदिरा दुव्र्यसनको अन्त्य, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि अभियान, कारागार सुधारसहित ९ वटा प्रस्तावमा छलफल हुँदैछ । यसैगरी वर्ष २०७५÷७६ को समाजको वार्षिक गतिविधि सम्बन्धी प्रतिवेदन, आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन, वार्षिक बजेट तथा कार्ययोजना समेत प्रस्तुत हुनेछ ।
राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि समाजको दाङ शाखा सभापति सरद रेग्मीको संयोजकत्वमा मूल तयारी समितिसहित आधा दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।
राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा शान्ति र्याली, शान्ति काव्य प्रवाह, वृक्षारोपण, विद्यालयहरुमा अन्तरक्रिया, र सरसफाई कार्यक्रमहरु समेत आयोजना हुने भएको छ ।

सुशिल बस्नेत
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति ः २०७६ मंसिर ८