शान्ति समाजको अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान

प्रेस विज्ञप्ति
शान्ति समाजको अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान
कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान सञ्चालन गरेको छ । यसै क्रममा शान्ति समाजद्धारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठलाई शान्ति समाजका सभापति गोविन्द खनाल लगायत पदाधिकारीहरुद्धारा २०७८ जेठ ६ गते हस्तान्तरण गरिएको थियो । उक्त सिलिन्डरहरु मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा बितरण हुनेछन ।
शान्ति समाजले वर्तमान संकटपूर्ण अवस्थामा सकेसम्म सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा शान्ति समाजले जेठ ५ गते पशुपती क्षेत्रमा रहेका बाँदरहरुका लागि बाँदरले मन पराउने भिजेको चना र पाउरोटीसहितको सामग्री वितरण गरेको थियो भने जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई शान्ति समाजद्धारा रु. १६ हजार बराबरको खाद्य सामग्री प्रदान गरिएको थियो ।
यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीत व्यक्तिहरुलाई पाउरोटी वितरण गरिएको थियो भने जेठ २ गते काठमाण्डौ साँखुस्थित द्धन्द्ध पिडित तथा अपांग समाजलाई रु.२३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाण्डौ शाखा सदस्य विकास थापा, भगवान पुडासैनी सहितको सहभागिता थियो ।
यस्तै २०७८ जेठ १ गते शान्ति समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीहरुलाई मास्क उपलब्ध गराएको थियो ।
काठमाण्डौमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।
यसै क्रममा अक्सिजन प्लान्ट शिघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग छलफल गरेको थियो भने बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकहरुसँग कोभिड सम्बन्धीत विषयमा छलफल गरिएको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७८ जेठ ११