बलात्कार मानवता विरुद्ध अपराध हो : शान्ति समाजद्वारा विशेष अभियान प्रारम्भ

प्रेस विज्ञप्ति
बलात्कार मानवता विरुद्ध अपराध हो : शान्ति समाजद्वारा विशेष अभियान प्रारम्भ
केही सांसदहरुद्वारा मृत्युदण्डको माग प्रतिगमनको अभ्यास
सामाजिक एवं मानव अधिकारको क्षेत्रमा प्रतिगमन बढ्दै गए त्यसको विरुद्ध नागरिक सत्याग्रह थालिने ः कृष्ण पहाडी
मानव अधिकार तथा शान्ति समाजले बलात्कार मानवता विरुद्ध अपराध हो : दोषीहरुले उन्मुक्ति पाउनु हुदैन भन्दै बलात्कारका घटनामा दोषी÷अभियुक्तलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाईसमेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ गरेको छ । अन्तराष्ट्रिय अहिंसा दिवस २ अक्टोवर १६ असोजका दिन काठमाण्डौ, वुटवल रुपन्देही र तुलसीपुर दाङबाट प्रारम्भ यो अभियानका क्रममा काठमाण्डौमा भर्चुअल अन्तरक्र्रिया, वुटवलमा टेलिभिजन परिसंवाद र दाङमा रेडियो परिसंवाद कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाण्डौमा शान्ति समाजद्वारा आयोजित भर्चुअल अन्तरक्र्रियामा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले बलात्कार जघन्य अपराध भएको, त्यसमा पनि बालिका (चाइल्ड) बलात्कार मानवता विरुद्धको अपराध हो भन्दै बलात्कारका घटना बढ्दै जाँदा सभ्यता कलंकित हुँदै जाने भएकोले बलात्कारका घटनामा मृत्युदण्ड बाहेक सभ्य समाजले स्विकार गर्ने प्रभावकारी कदम चाल्न आह्वान गर्नुभयो । तर कुनै पनि कानुनको दुरुपयोग हुन नहुनेतर्फ ध्यानाकर्षण गराउँदै पहाडीले कानुनी शासन, स्वच्छ एवं निष्पक्ष कानुनी उपचार र जोसुकै हुन, उनीहरुको मानव अधिकारको सदा सर्वदा संरक्षण÷सम्मान हुनुपर्ने उल्लेख गर्नुभयो । मृत्युदण्ड त्रासदी हो भन्दै ३२ वर्ष अगाडीबाट राज्यले गर्ने हिंसारुपी मृत्युदण्ड उन्मुलनका लागि आफुँले पसिना बगाएको चर्चा गर्दै पहाडीले मृत्युदण्डको माग मार्फत केहि सांसदहरुले मानव अधिकारको क्षेत्रमा प्रतिगमनको विजारोपण गर्न खोज्दै नेपालको नागरिक आन्दोलन र मानव अधिकार अभियानलाई चुनौति दिएको हुँदा प्रतिगमनकारी प्रवृत्ति बढ्दै गए त्यसको विरुद्ध नागरिक सत्याग्रह थालिने उद्घोष गर्नुभयो ।
“नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत भाग ३ को १६ (२) मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्ने व्यवस्था भएकोमा संविधान संशोधन गरी सो व्यवस्था खारेज गर्न मृत्युदण्डको माग गर्नु प्रतिगामी चिन्तनको उपज हो भन्दै पहाडीले सन् १९९८ मा नेपालले अनुमोदन गरी राज्य पक्ष भएको मृत्युदण्ड उन्मुलन गर्ने उद्देश्यले व्यवस्था भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक उपलेखबाट पछि हट्ने माग मानव अधिकारको क्षेत्रमा स्पष्ट प्रतिगमनको विजारोपण हो । नेपालको संविधानको भाग ३ मा ३३ धारामा प्रत्याभूत मौलिक हकहरु विशिष्ट हुँदा हुँदै कार्यान्वयन पक्ष कमजोर रहेको सन्दर्भमा मानव अधिकार÷मौलिक हकहरुको निर्वाध उपभोगका लागि कार्यान्वयन पक्षमा जोड दिनु पर्नेमा संविधानको भाग ३ को मृत्युदण्ड उन्मुलन सम्बन्धी मौलिक हकको पहिलो धारा हटाउन खोज्नु, अन्य मौीलक हक अधिकारको पनि निलम्बन÷खारेजीको प्रपञ्च हुन सक्ने भन्दै पहाडीले महिला, दलित, आदिवासी, जनजाति, मधेशी, विपन्न, सिमान्तिकृतहरुको हक अधिकार स्थापित एवं सुद्धृढ बनाउन संविधानको मौलिक हकमा अरु अधिकारहरु थप्दै जानु पर्नेमा कठोर संघर्षबाट स्थापित अधिकार नै हटाउने माग गर्नेहरु स्वतन्त्रता विरोधी हुन‘ पहाडीले थप्नुभयो । देशका विभिन्न भागमा दलितहरुमाथि हिंसा र अत्याचार बढ्दै जानु सामाजिक प्रतिगमन चुलिदै गएको उदाहरण हो भन्दै पहाडीले नेपालमा विभिन्न कोणबाट विज्ञान विरोधी बहस चर्काएर जनमत निर्माण गर्न खोज्नु विज्ञानको क्षेत्रमा प्रतिगमनको संकेत हो भन्नुभयो । विगत साढे २ वर्षमा सरकारले झण्डै एक दर्जन स्वतन्त्रता विरोधी विधेयक र लोकतन्त्र विरोधी अध्यादेश ल्याएको÷अघि बढाएको चर्चा गर्दै पहाडीले स्वतन्त्रता विरोधी अभ्यासनै राजनीतिक प्रतिगमनको सिढी हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । गृहमन्त्री रामबहादुर थापाले कहिले पुँजीवादका कारण बलात्कारका घटना बढेको भन्ने कहिले गलत उदाहरण दिएर गुमराह गर्ने गरेकोप्रति आपत्ति व्यक्त गर्दै पहाडीले राज्य संयन्त्रले कतै बलात्कारका दोषी पत्ता लगाउन नसकेको कतै सत्तारुढ लगायतका राजनीतिक दलहरुले नै अपराधीलाई संरक्षण गर्ने गरेको र दण्डहीनतालाई बढावा दिएको हुँदा व्यापक जन आक्रोश बढेको र त्यसका लागि मूलत सत्ता र राजनीतिक दलहरुनै जिम्मेवार रहेको भन्दै आफ्नो असफलता र असक्षमतालाई ढाकछोप गर्न मृत्युदण्डको बहस चलाउनु दुर्भाग्यपूर्ण एवं आपत्तिजनक भएको धारणा व्यक्त गर्नुभयो ।
समाजका वरिष्ठ उपसभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न अन्तरक्र्रियाको सञ्चालन महासचिव सुशिल बस्नेतले गर्नुभएको थियो भने शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेल, सचिव मदन बहादुर कुँवर, कोषाध्यक्ष रामकृष्ण बराल लगायत शान्तिवादीहरुले यो अभियानबारे चर्चा गर्नुभएको थियो । जुम अन्तरक्र्रियामा शान्तिवादीहरुसहित बझाङ जिल्लाका प्रशासन÷सुरक्षा निकायका अधिकारीहरुको समेत सहभागिता थियो ।
यसैगरी यो अभियानकै क्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको आयोजना र वुद्ध टेलिभिजनको सहकार्यमा असोज १६ गते वुटवलमा बलात्कार मानवता विरुद्ध अपराध हो शिर्षकमा सम्पन्न टेलिभिजन परिसंवाद कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल बार काउन्सिलका सदस्य एवं अधिवक्ता बाबुराम पाण्डे, शान्ति समाज रुपन्देही सभापति डिपी खनालले प्रस्तुत विषय र अभियानबारे प्रकाश पार्नुभएको थियो ।
यसैगरी शान्ति समाज दाङ शाखाको आयोजनामा असोज १६ गते रेडियो तुलसीपुरबाट प्रशारित रेडियो परिसंवाद कार्यक्रममा महिला मानव अधिकार रक्षकका निवर्तमान अध्यक्ष सुष्मा गिरी, बह्माकुमारी राजयोग ईश्वरीय बिश्व बिधालय राप्तिका प्रमुख गीता तिमिल्सिना, अधिकारकर्मी निर्मल नेपालीले उपरोक्त विषय र अभियानबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संचालक नवराज जिएमले गर्नुभएको थियो ।
स्मरणीय छ, २००७ जुन १५ का दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिन्छ । अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति ः २०७७ असोज १६