प्रदर्शनबाट २१ अधिकारकर्मी गिरफ्तार

प्रेस विज्ञप्ति : ठूला नेता मिलेका साढे ४ अरब निलेका÷प्रदर्शनबाट २१ अधिकारकर्मी गिरफ्तार

संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७५ माघ ८ गते दिउँसो संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको छ । धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा काठमाण्डौँ शाखा का.वा. सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदेव अधिकारी, वि.पी पौडेल, बाबुराम न्यौपाने, रुपा गिरी, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी, किरण ढकाल, विनित अर्याल, ईश्वरी नेपाल, नरायण श्रेष्ठ, अमृतजंज बस्नेत हुनुहुन्छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
धर्नामा अधिकारकर्मीहरुले ठूला नेता मिलेका ः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार ः साढे चार अरव भ्रष्टाचार, डा. केसी सँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार ः मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७५ माघ ८