पाल्पाका एक दर्जन शैक्षिक प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न /४ वटा अभियान निरन्तर

पाल्पाका एक दर्जन शैक्षिक प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न /४ वटा अभियान निरन्तर
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा पाल्पा जिल्लाका एक दर्जन शैक्षिक प्रतिष्ठानहरुमा शान्ति हाम्रो अधिकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०७५ फागुन ५ गते तानसेन बहुमुखी क्याम्पस, पाल्पा बहुमुखी क्याम्पस, श्री पद्य पब्लिक नमुना मा.वि, श्री मोहन कन्या मा.वि, श्री महेन्द्र बोधि मा.वि, प्यारागन बोडिङ स्कुल, पाल्पा आवासीय मा.वि, देववाणी संस्कृत तथा साधारण विद्यालय, श्री वृन्द्रावन मा.वि, श्रीनगर कलेज, होराइजन मा.वि र सेन मा.वि मा सम्पन्न अन्तरक्रियाहरुमा शान्ति समाज केन्द्रीय तथा जिल्ला कार्यसमितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमहरुमा शान्ति समाजका तर्फबाट तयार गरिएको शान्ति हाम्रो अधिकार विषयक अवधारणापत्र प्रस्तुत गरिएको थियो ।
शान्ति समाजद्वारा हाल देशव्यापी रुपमा ४ वटा अभियानहरु सञ्चालन भइरहेको छ । शान्ति संस्कृति प्रवद्र्धनका लागि विद्यालय केन्द्रीत अभियान अन्तर्गत पाल्पा जिल्लामा एक दर्जन कार्यक्रम आयोजना भएको हो । यसैगरी लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियानका क्रममा युवा पुस्ता केन्द्रीत कार्यक्रम अन्तर्गत फागुन ३ गते चितवनको भरतपुर गौरीगञ्जस्थित पोलार स्टार मा.वि र माघ महिनामा काठमाण्डौँ गोकर्णेश्वर मनहरास्थित ब्रम्हकुञ्ज मा.वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कारागारको अवस्था सुधारमा केन्द्रीत रहि सञ्चालित अभियान अन्तर्गत विभिन्न जिल्लाका एक दर्जन कारागारहरुको अनुगमन कार्य सम्पन्न भएको छ । यस सम्बन्धी प्रतिवेदन वैशाख महिनामा सार्वजनिक गरिने छ ।
साथै वाइड बडी जहाज खरिद प्रकरणमा संसदमा झुठो बोल्ने मन्त्री रविन्द्र अधिकारीको वर्खास्तगी र सो प्रकरणमा मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने आग्रहसहित धर्ना प्रदर्शन लगायत जिल्ला जिल्लामा नागरिक सभा÷अन्तरक्रिया कार्यक्रम निरन्तर रहेको छ ।