पाकिस्तान – आतंकवादीलाई आश्रय दिन बन्द गर÷भारत – सार्कलाई सक्रिय बनाउन योगदान गर

प्रेस विज्ञप्ति
पाकिस्तान – आतंकवादीलाई आश्रय दिन बन्द गर÷भारत – सार्कलाई सक्रिय बनाउन योगदान गर

सन् २०१९ को फेब्रुवरी १४ मा कास्मिरको पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सुरक्षा निकाय सीआरपीएफका ४४ भन्दा बढीको मृत्यु पश्चात भारत–पाकिस्तानबीच बढ्दो तनावले दक्षिण एशियाको शान्ति खलबलिएको छ । मानव अधिकार तथा शान्ति समाजले सदैव आतंकवादको निन्दा गर्दै आएको छ । शान्ति समाज पुन एक पटक पाकिस्तान समक्ष आग्रह गर्दछ– आतंकवादीलाई आश्रय दिन बन्द गर । यसैगरी भारत समक्ष आग्रह गर्दछ – दक्षिण एशियाली सहयोग संगठन सार्कलाई सक्रिय बनाउन योगदान गर ।
शान्ति समाजले सदैव युद्धको विरुद्धमा र शान्तिको पक्षमा अभियान सञ्चालन गर्दै रचनात्मक संवादमा जोड दिँदै आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भारत र पाकिस्तानबीचको तनाव घटाउन विवेकसम्मत कदम चाल्न शान्ति समाज आग्रह गर्दछ ।
फरक प्रसंगमा शान्ति समाजद्वारा संचालित एक अभियानका क्रममा पुर्व घोषित ३ वटा धर्ना मध्ये संघीय संसद भवन अगाडि फागुन २२ र २९ गते गर्ने भनिएको धर्ना पछिल्ला केही घटनाक्रमका कारण स्थगन गरिएको छ ।

समाजका तर्फबाट

उत्तम पुडासैनी
सभापति
मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
फोन ः ९८५११७५१११
मिति ः २०७५ फागुन १९