दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

प्रेस विज्ञप्ति
दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०७५ चैत १४ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटी दण्डहीनताको अन्त्यका लागि ठोस कदम चाल्न आग्रह गर्दै अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने र त्यसका लागि विशेष पहल गर्न आग्रह गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सभामुख महराले शान्ति समाजले अघि सारेका यी विषयहरुप्रति आफु सकारात्मक भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराउने र संसदमा यो विषयले प्रवेश पाएमा आफुले रोम विधान अनुमोदन हेतु विशेष पहल गर्ने बताउनुभयो । सभामुख महराले यस विषयमा प्रधानमन्त्री र सम्बन्धीत मन्त्रीहरुको ध्यानाकर्षण गराउन पनि शान्ति समाजलाई आग्रह गर्नुभयो ।
प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमिल्सना, नम्रता खरेल, सरस्वती ढकाल, विभागीय संयोजक मुरारी फुयाल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सहित एक दर्जन भन्दा बढी अधिकारकर्मीहरु हुनुहुन्थ्यो ।
मानव अधिकार तथा शान्ति समाजले प्रत्येक वर्ष चैत १७ को सेरोफेरोमा सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।