तेह्रथुम कारागारलाई खेलकुद सामग्री प्रदान

प्रेस विज्ञप्ति
तेह्रथुम कारागारलाई खेलकुद सामग्री प्रदान
मानव अधिकार तथा शान्ति समाजका तर्फबाट तेह्रथुम कारागारलाई रु. ११ हजार मुल्यको खेलकुद सामग्री प्रदान गरिएको छ ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले उक्त सामग्री फागुन १७ गते बिहान कारागारका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । स्मरणीय छ ३० बर्ष अगाडि जनआन्दोलनका दौरान २०४६ चैत्रमा पहाडी एक महिना बढी उक्त कारागारमा थुनिनु भएको थियो ।
फागुन १७ गते तेह्रथुममा हिमालय बचाउ नदी जोगाउ शिर्षकमा नागरिक सभा सम्पन्न भएको छ । सभाका बक्ताहरुले बातावरण संरक्षणका पक्षमा धारणा राख्नुका साथै देशमा ब्याप्त भ्रष्टाचार र दण्डहिनताको ब्यापक बिरोध गरेका थिए । शान्ति समाज तेह्रथुम शाखा सभापति लक्ष्मीनारायण मित्रश्रको सभापतित्वमा सम्पन्न नागरिक सभामा नागरिक अगुवाहरु डा. देबेन्द्रराज पाण्डे, कृष्ण पहाडी, समाजका सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, तेह्रथुम शाखा कोषाध्यक्ष विमला श्रेष्ठ, पुर्व सांसदरु तेजमान तुम्वाहाम्फे, पुर्वी शेर्पा लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने नागरिक अगुवा अर्जुन पराजुली र छन्दकवि सुदेश सत्यालले कबिता सुनाउनु भएको थियो ।