आधा दर्जन अभियान/कार्यक्रम स्थगित, अफ्वाहबाट जोगिनु आवश्यक

आधा दर्जन अभियान/कार्यक्रम स्थगित, अफ्वाहबाट जोगिनु आवश्यक
एकातिर कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास र जनजीवन अस्तव्यस्त हुँदै गएको अर्कोतिर सजगता स्वरुप नेपाल सरकारले जनसहभागीता हुने कार्यक्रम नगर्न आह्वान गरेको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले चैत १ गतेको पुरस्कार वितरण कार्यक्रम, चैत १ गते बोलाइएको केन्द्रिय कार्यसमिति बैठक, गण्डकी क्षेत्र केन्द्रित दोस्रो चरणको हिमालय बचाउँ अभियान, भ्रष्टाचार विरुद्धको जिल्ला जिल्लामा धर्ना कार्यक्रम, वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सम्बन्धि अभियान अन्तर्गत जिल्ला जिल्लाको कार्यक्रम र कारागार अनुगमन लगायतका अभियान र कार्यक्रम हाललाई स्थगित गरेको छ ।
कोरोना लगायत भाइरसको प्रकोपबाट बच्नका लागि पूर्व सतर्कता÷सजगता, स्वस्थ भोजन र सफाई आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ । यस्तो प्रकोपबाट बच्न सामुहिक सहकार्य हुनुपर्छ र अत्याधिक सजगता अपनाउनुपर्छ । यद्यपि हालै समाजका पदाधिकारीहरुले गरेको चीन सिमानाको सिन्धुपालचोक जिल्लाको हेलम्बु क्षेत्र र संखुवासभा जिल्लाको मकालु लगायत १ नम्बर प्रदेशका ५ जिल्लाको भ्रमणको अनुभवको आधारमा ती क्षेत्रहरुमा जनजीवन सामान्य रहेको पाइएको छ । विपतको बेला समस्या समाधानका लागि सबै क्षेत्रबाट सक्दो प्रयास गर्नु र अफ्वाहहरुबाट जोगिनु पनि त्यत्तिकै आवश्यक भएको शान्ति समाजको धारणा छ ।