अन्तरक्रिया कार्यक्रम सम्पन

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा २०७१ मंसिर १७ गते काठमाडांैमा ‘नयाँ संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजका सभापति गङ्गाधर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान सभापति तथा सल्लाहकार होमकान्त चौलागाई, नेपाल अपाङ्ग संघ काठमाडांै शाखा सभापति शिवहरि पौडेल, अधिकारकर्मी यज्ञ उप्रेती, जगदिश अधिकारी, बटुकृष्ण ढुङ्गेल, रामकृष्ण बरालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजको १० वुँदे अवधारणापत्र समाजका कोषाध्यक्ष रेणुका पौडेलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन काठमाडांै शाखा सचिव कुमारमणि गजुरेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता अधिकारका विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो ।